कोरोनाले नातेदार आफन्त कोही चिन्दैन : कार्यकारी निर्देशक शर्मा (भिडियो)

🔗
125
Shares

काठमाडौ : दशैं भन्ने चाड नै यस्तो हो कि, जहाँ बर्षौ देखि बिछोडिएका परिवारका सदस्यहरुको जमघट हुन्छ । नातेदार, इस्टमित्र, छिमेकी सबै तिरका मानिसहरु भेला हुने, मान्यजनको हातबाट टिका लगाउने र आशिर्वाद लिने यो चाडमा चाहेर पनि भौतिक दुरी कायम गर्न गाह्रो हुन्छ ।

टीका र आशिर्वाद लिँदा समेत आमुन्ने सामुन्ने भएर लिनुपर्ने भएकाले भौतिक दुरी राखेर टीका लगाउन पनि त्यत्ति व्यवहारिक नहुन सक्छ । तर तपाई हामीले मास्कको प्रयोग भने जहाँ, जस्तो अवस्थामा भएपनि गर्न सक्छौं । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक भावना शर्मा कोरोना भाइरसले यो आफन्त हो, नातेदार हो वा घरभित्रकै सदस्य भनेर नचिन्ने भएकाले अनिवार्य मास्क लगाउन सुझाउनुहुन्छ ।

उहाँले मास्क लगाउने तरिका समेत सिकाउनु भएको छ । हेर्नुहोस् यो भिडियो :

https://www.youtube.com/watch?v=aH1GZXEhLwo


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार