काठमाडौ : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख सिनियर डिभिज्नल इन्जिनियर राजेश कुशवाह माथि सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताद्वारा गरिएको दुव्र्यवहार विरुद्ध देशभरिका इन्जिनियर आन्दोलित भएका छन् । नेपाल ईञ्जिनियर्स एशोसिएसन (एनईए) को आव्हानमा ईन्जिनियरहरुले देशैभर प्रदर्शन गरेका हुन् ।
हातमा कालो पट्टि बाँधेका इन्जिनियरहरु प्लेकार्ड र व्यानर सहित माइतीघर मण्डलामा भेला भएका थिए । ‘दोषी उपर कार्वाही गर’ ‘कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर’ लगायत नारा लेखिएको प्लेकार्ड र व्यानर बोकेका इन्जिनियरहरुले बबरमहल हुँदै नयाँ बानेश्वरसम्म विरोध जुलुस निकालेका थिए । नेपाल ईञ्जिनियर्स एशोसिएसनको आव्हानमा काठमाडौमा भएको विरोध प्रदर्शनमा ईन्जिनियर पेशासँग सम्बद्ध विभिन्न संघसंस्थाले विरोध प्रदर्शन गरेका थिए ।
हेरौं यो भिडियो :


2017 पटक हेरिएको 

