काठमाडौ : बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरमा विदाई कार्यक्रम भईरहेको थियो । कार्यालयका निमित्त प्रमुख सिनियर डिभिज्नल इन्जिनियर राजेश कुशवाहा तीन बर्षसम्म आयोजना कार्यालय जनकपुरको जिम्मेवारी पूरा गरी अर्घाखाँची जाने तरखरमा हुनुहुन्थ्यो ।
विदाई कार्यक्रम भईरहेको बेला एक्कासी आफू माथि यत्ति धेरै दुर्व्यवहार होला भन्ने उहाँलाई के थाहा ? त्यत्तिकैमा सयौंको संख्यामा जनमत पार्टीका कार्यकर्ता कार्यालय प्रवेश गरी त्यहाँका सम्पूर्ण कर्मचारी माथि समेत हातपात गर्दै कार्यालय प्रमुख कुशवाहा माथि झम्टिन पुगे ।
कारण थियो, जनमत पार्टीका जिल्ला अध्यक्षको घर जाने बाटो कालोपत्रे नहुनु । यसबारे थप कारण बताउदै हुनुहुन्छ, नेपाल ईञ्जिनियर्स एशोसिएसन (एनईए) का कार्यवाहक अध्यक्ष आशिष घिमिरे :


32376 पटक हेरिएको 

