जनमत पार्टीको कर्तुत पर्दाफास, अनाहकमा दुर्व्यवहार भोगेका इञ्जिनियर कुशवाहाको सनसनीपूर्ण खुलासा

जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका निमित्त प्रमुख सिनियर डिभिज्नल इन्जिनियर राजेश कुशवाहा त्यो दिन आफ्नो अन्तिम हाजिरी गर्दै हुनुहुन्थ्यो । तीन बर्षदेखि उक्त कार्यालयमा कार्यरत ईन्जिनियर कुशवाहाको अर्घाखाँचीमा सरुवा भईसकेकाले उहाँ त्यो दिन कर्मचारीबाट बिदाई हुन मात्र कार्यालयमा जानुभएको थियो ।

आफ्नो तीन बर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी बिदाई हुने तरखरमा रहेका ईन्जिनियर कुशवाहाले त्यो दिन मातहतका कर्मचारीलाई कति धेरै कुरा गर्नु थियो होला ? तर उहाँले न आफ्ना कुरा सुनाउन पाउनुभयो न त आफ्ना सहकर्मीको माया बोकेर निधार भरि अबीरै अबीर र खादा तथा फूलमालाले भरिएर कार्यालयबाट निस्कने चाहना नै पूरा भयो ।

त्यही बेला जिन्दगीमा सोच्दै नसोचेको घटना सँग सामना गर्नुप¥यो । घटना थियो सिके राउतका कार्याकर्ताहरुद्वारा दुर्व्यवहार । एउटा खुसीको क्षण नजिकै आईरहेकै बेला यत्रो ठूलो दुर्व्यवहार होला भन्ने सायद सपनामा पनि सोच्नु भएको थिएन, उहाँले ।

घटनाको सर्वत्र निन्दा भयो, पेशागत संघसंगठनले दोषी उपर कडा कार्वाहीको माग गर्दै आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरिए । स्वयं सिके राउत र उनका कार्यकर्ताले ईन्जिनियर कुशवाहा माथि भ्रष्टाचारको आरोप लगाएर बिषयलाई मत्थर पार्न पनि खोजे । तर सिके राउतको घर जाने बाटो कालोपत्रे नगर्दाको रीस इन्जिनियर कुशवाहा माथि पोखेको भन्दा अरु कुनै कारण नरहेको पुष्टि भएको छ ।

विस्तृतमा सुनौं, ईन्जिनियर कुशवाहासँग वास खबरले गरेको टेलिफोन सम्वाद

दुर्व्यवहार गर्नुको कारण सडक कालोपत्रे नै थियो भन्ने प्रमाण :

जनकपुर उपमहानगरपालिका वडा नं. ७ र ८ का बासिन्दाको हस्ताक्षर सहित बलुवाटोल स्थित मिडिया काउन्सिलदेखि वडा नं. ८ को कार्यालय सम्मको बाटो पूर्णतः क्षतिग्रस्त भई एम्बुलेन्स समेत जान नसकेको र अबिलम्ब ढलान गरिदिनुहुन भन्दै सुरुमा जनकपुर उपमहानगरपालिकामा निवेदन दिएका थिए । निवेदन पेश गरेको दिन थियो २०७८ असोज २२ गते ।


त्यसको २ दिन पछि अर्थात २०७८ असोज २४ गते जनमत पार्टीकै कार्यकर्ताहरुले तीन बुँदे माग सहित जनकपुर उपमहानगरपालिकामै ज्ञापन पत्र बुझाएका थिए । जसमा पहिलो माग बलुवाटेल स्थित मिडिया काउन्सिलदेखि वडा नं. ८ को कार्यालयसम्मको बाटो अविलम्ब कंक्रिट ढलान गर्नुपर्ने उल्लेख थियो ।

दुई दिन अगाडि वडा नं. ७ र ८ का बासिन्दाद्वारा भन्दै पेश गरिएको निवेदन उनै जनतमत पार्टीका कार्यकर्ताहरुले नै पेश गरेका थिए भन्ने प्रमाण हेर्न पहिलो बुँदा नै काफी छ ।

हेर्नुहोस् जनमत पार्टीले जनकपुर उपमहानगरपालिकामा बुझाएको ज्ञापन पत्र :


जनकपुर उपमहानगरपालिकाले सोही दिन जनमत पार्टीको मागको सन्दर्भमा सुनुवाई गर्दै संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई पत्र लेख्ने र जनमत पार्टीलाई जानकारी गराउने भनी तोक लगाईएको थियो ।

उपमहानगरपालिका कार्यालयले त्यसको भोलिपल्ट नै क्षतिग्रस्त सडक निर्माण गर्न भन्दै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयलाई पत्र लेख्यो ।

हेर्नुहोस् पत्रको व्यहोरा :

त्यो सडक कालोपत्रे गर्ने काम आफ्नो कार्यालयको क्षेत्राधिकार भित्र नपर्ने भएकाले कसले कसरी गर्ने भन्ने बिषयमा छलफल चलिरहेकै थियो । तर पन्ध्र दिनको अल्टिमेटम दिएका जनमतका कार्यकर्ताको निशानामा पर्नुभयो संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका नि.प्रमुख सिनियर डिभिज्नल ईन्जिनियर राजेश कुशवाहा । असोज २४ गते तीन बुँदे माग राख्दै ज्ञापन पत्र बुझाउँदा नै जनमतका कार्यकर्ताले १५ उक्त मागहरु पूरा गर्न १५ दिनको अल्टिमेटम दिएका थिए । अल्टिमेट पूरा हुनु २ दिन अगावै ईन्जिनियर कुशवाहा माथि उनीहरुले दुर्व्यवहार गरेका हुन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार