फेरि लकडाउन हुन्छ : निर्देशक हरि कुँवर (भिडियो)

काठमाडौं : चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वका अन्य मुलुकसँगै नेपालमा समेत फैलिएपछि दुई बर्ष अगाडि कडा लकडाउन भयो । कोरोना संक्रमण दर केही हदसम्म कम भएपछि २०७७ असोजको १ गतेदेखि देशैभरको लकडाउन खुल्ला गरेको थियो । यद्यपि जनस्वास्थ्यका मापदण्डहरु अपनाउन भने सरकारले बारम्बार आव्हान गरिरहेको थियो ।

विश्वभर कोरोना भाइसरको फैलावट दर कम हुँदै गएपछि केही आशा पलाईरहेकै बेला नेपालमा कोरोनाको दोस्रो लहर फैलियो र २०७८ वैशाख १६ गतेदेखि पुनः नेपालमा दोस्रो पटक लकडाउन भयो । कोरोना संक्रमणदर केही हदसम्म कम भएपछि लकडाउन हटेर अहिले बजार, कलकारखाना, यातायात, स्कुल, मठमन्दिर सबै खुलेका छन् । मानिसहरुको चहलपहल र भीडभाड हेर्दा लाग्छ, नेपालबाट कोरोना उन्मूलन भईसकेको छ ।

तर यथार्थ ठीक उल्टो छ । नेपालमा अहिले पनि कोरोना संक्रमणबाट मृत्यु हुने क्रम रोकिएको छैन भने संक्रमित भएर अस्पताल धाउनेहरु पनि उल्लेख्य छन् । कोरोनाले काठमाडौं उपत्यकामा मात्र ३ हजार ३१४ जनाको ज्यान लिएको छ भने अहिले पनि उपत्यकामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित छन् । विश्वका विभिन्न मुलुकमा पनि संक्रमणको दर बढ्न थालेका छन् । अमेरिकाको जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार मंगलबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५० लाख ५ हजार ६ सय ३८ पुगेको छ । मानिसहरुले सावधानी नअपनाउने हो भने नेपालमा पुनः लकडाउन हुन सक्छ भन्नुहुन्छ काठमाडौ महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख एवं निर्देशक हरि बहादुर कुँवर ।

विस्तृतमा हेरौं यो भिडियो


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार