काठमाडौं : नेपालीहरुको दोस्रो ठूलो चाड ‘तिहार’ यत्तिबेला मनाईरहेका छौं । हिजो अस्ति देखि नै देउसी र भैली खेल्ने क्रम सुरु भईसकेको छ भने भोलि अर्थात शनिबार दिदी बहिनीको हातबाट दाजुभाइले भाईटिका लगाउँदैछन् ।
तिहारमा देउसी भैली खेल्न आउने आफन्त तथा नातेदारलाई नआउनुस् भनेर रोकटोक गर्न त नसकिएला तर सबैले मास्कको उचित प्रयोग भने अवश्य गर्न सक्छौं । यदि हामीले मास्कको उचित तरिकाले प्रयोग गरेनौं भने के थाहा ? देउसी भैलीमा कोरोनाले पो भट्याउँछन् कि ?
नेपाल मास्क परियोजनाकी सुपरभाइजर सबुना गमाल आग्रह गर्नुहुन्छ ‘घर आँगनमा आउने देउसी भैलीको हुल अगाडि दक्षिणा दिन जाँदा मास्क लगाउनुहोस्, तपाई आफू पनि सरिक हुँदै हुनुहुन्छ भने मास्क लगाएर मात्र देउसी भैलीमा जानुहोस् अनि दिदीबहिनीले दाजुभाइलाई भाईटिका लगाउने क्रममा पनि मास्कलाई सही तरिकाले लगाउनुहोस् । यसो गर्नुभयो भने तपाईको तिहार साँच्चिकै उल्लासमय बन्नेछ ।’
तिहारको समयमा तपाई हाम्रो असावधानीका कारण कोरोना फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी नेपाल मास्क परियोजनाले हालै सपिङ मल, बजारक्षेत्र, फुटपाथ र चोक चोकमा पुगेर विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरिसकेको छ ।
हेरौं अभियान अन्तर्गत सञ्चालित क्रियाकलापहरु समेटिएको यो भिडियो :
नेपाल मास्क परियोजना बिल र मेलिन्डा गेट्स फाउण्डेशन (BMGF) को आर्थिक सहयोगमा येल विश्वविद्यालय, इनोभेटिभ पोबर्टी एक्सन (आईपीए), CCMC, Mayors Forum, नगरपालिका र गाउँपालिका संघ र काठमाडौ महानगरपालिकाको सहकार्यमा C-19RAT द्वारा कार्यान्वयन भईरहेको छ ।
वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) C-19 RAT को कन्सोर्टियम संस्था हो ।


648 पटक हेरिएको 

