बाँकेका सरोकारवालाद्वारा झापाको दिसाजन्य लेदो प्रशोधन प्लान्टको अध्ययन

भीष्म लोध, नेपालगञ्ज : दिसाजन्य लेदो व्यवस्थापनको क्षेत्रमा बाँकेमा काम गर्दै आएका सरोकारवालाले झापा स्थित दिसाजन्य लेदो प्रशोधन प्लान्टको अध्ययन भ्रमण गरेका छन् । दिसाजन्य लेदोको व्यवस्थापन तथा सञ्चालन के कसरी गरिएको रहेछ भन्ने बिषयमा झापा जिल्लामा सञ्चालित प्रशोधन प्लान्टको स्थलगत अध्ययन गरिएको हो ।

अध्ययन टोलीले झापाको काँकटभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ताद्धारा सञ्चालित दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट र चारआली मानव मलमुत्रिय फोहोर व्यवस्थापन आयोजना उपभोक्ता समितिद्धारा सञ्चालित प्लान्टको स्थलगत अवलोकन भ्रमण गरेको हो। अध्ययन भ्रमण टोलीमा इन्जिनियर सहित उपमहानगरपालिकाबाट ३ जना, दिसाजन्य लेदो व्यवस्थापनको क्षेत्रमा कार्य गर्दै आएका १ जना, गेरुवामा सरसफाईमा कार्यरत १२ जना र एक जना पत्रकार सहभागी थिए ।


नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा एस।एन।भी। नेपालको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ, बर्दियाले पूर्वी जिल्लामा संचालन भएका प्लान्टको स्थलगत अध्ययन भ्रमण गराएको हो । भ्रमणका क्रममा प्लान्टमा हुँदै आएको कार्य (प्रोसेसिङ्ग प्रक्रिया), लेदो व्यवस्थापन, सञ्चालनमा सहयोग वा कार्यहरु, स्थानीय तहको भूमिका र बजारको अवस्था र प्लान्टबाट निस्कने मलको प्रयोग लगायतका बारेमा अध्ययन गरिएको गेरुवाका कार्यक्रम संयोजक अब्दुल गफ्फार अलि बेहनाले जानकारी दिनुभयो ।

नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापन गर्नका लागि पूर्वका जिल्लामा हुँदै आएको नमूना तथा उत्कृष्ठ कार्यको अध्ययन, अवलोकन गरिएको नेपालगञ्ज उप महानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले जानकारी दिनुभयो । नेपालगञ्जमा बढ्दो शहरीकरणसँगै दिसाजन्य लेदो व्यवस्थापन गर्नुपर्ने आवश्यकता पनि बढ्दै गएको छ ।

यहाँ फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साईड निर्माण गरिए पनि दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट निर्माण हुन सकेको छैन ।

अवलोकन अध्ययन भ्रमणका थप फोटाहरु :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार