डिभिजन प्रमुख केसरीको टिप्स् : खानेपानी आयोजना सम्पन्न नहुँदै यसरी पानी खुवाउनुहोस् (भिडियो)

भक्तपुर : कतिपय खानेपानी तथा सरसफाइ आयोजनाहरु बर्षौसम्म पनि निर्माण सम्पन्न हुँदैनन् । क्रमागत खानेपानी तथा सरसफाइ आयोजनाहरुमा बजेटको कमी, ठेकेदारको लापरवाही, उपभोक्ताहरुले श्रमदान गर्न नसक्नु जस्ता कारणले त्यस्ता खानेपानी आयोजनाहरु थलिदै आएका छन् । जसका कारण लाभान्वित जनसंख्याको भार दोब्बर हुँदा पनि खानेपानी बन्दैनन् र यसको सीधा मार खानेपानी उपभोक्ताहरु व्यहोर्न बाध्य छन् ।

तर खानेपानी वितरणका लागि खानेपानी आयोजना सम्पन्नै हुनुपर्छ भन्ने छैन । खानेपानी आयोजना सम्पन्न नभएपनि उपभोक्तालाई खानेपानी वितरण गर्न सकिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका डिभिजन प्रमुख अनिल केसरी बताउनुहुन्छ । दुईवटा डिप बोरिङ गर्नुछ भने एकैपटक दुईवटै बोरिङ नगरी एउटा मात्र बोरिङ गर्ने र खानेपानी सँग सम्बन्धित भवन निर्माण लगायतको काम भने अन्तिम बर्ष गर्ने हो भने आयोजना सम्पन्न नहुँदै खानेपानी वितरण गर्न सकिने उहाँको अनुभव छ ।

भक्तपुर डिभिजन कार्यालयले सञ्चालन गर्दै आएको खानेपानी आयोजनाहरु पनि यस्तै तरिकाले सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । यसबारे विस्तृतमा हेर्नुहोस् यो भिडियो :

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरले हाल करिब सयको हाराहारीमा खानेपानी योजनाहरु सञ्चालन गरिरहेको छ । ती मध्ये संघबाट हस्तान्तरित ६५ वटा र प्रदेश सरकारको करिब ७५ वटा खानेपानी आयोजना सञ्चालित छन् । कार्यालयले केही नयाँ खानेपानी आयोजनाहरु सर्भेको काम गरिरहेको जनाएको छ । यसबर्ष कम्तीमा १५ वटा योजना निर्माण सम्पन्न गरी ४५ हजार जनसंख्यालाई लाभ पुर्‍याउने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरको योजना छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार