काठमाडौ : काठमाडौ महानगरपालिकामा दुई बर्ष यता ‘रिचार्ज काठमाडौ’ अभियान जारी छ । २०७६ फागुनमा सुरु गरिएको ‘रिचार्ज काठमाडौ’ को ५८ औं कार्यपालिका बैठकले सञ्चालन कार्यविधि २०७७ पनि पारित गरिसकेको छ । रिचार्ज काठमाडौ भूमिगत पानीको सतह व्यवस्थापनका लागि जमिनको सतहमा भएको पानीलाई रिचार्ज गर्ने क्रियाकलाप हो ।
रिचार्ज काठमाडौ सुरुवात भएको घोषणा गर्दै दुई बर्ष काठमाडौ महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले आफ्नै घरमा आकाशेपानी संकलन प्रविधि जडान गर्नुका साथै इनारमा पुनर्भरण गर्ने व्यवस्थाको आरम्भ गर्नुभएको थियो । आकाशेपानी संकलन गर्ने प्रविधि जडान गरेपछि जीवनमा कहिल्यै नभरिएको ट्याङ्की भरिएको विभाग प्रमुख श्रेष्ठले अनुभव सुनाउनुभयो । हाल पानीको आपूर्तिका लागि कि जमिनमुनिको पानी तान्ने कि त बाहिर ट्याङ्करबाट मगाउनुपर्ने बाध्यता रहेको अवस्थामा आकाशेपानी संकलनको कामले यी दुवै काम गर्नु नपर्ने उहाँले बताउनुभयो ।
उहाँले आकाशेपानी संकलनबाट पानीको आपूर्ति हुने भएपछि जमिनमुनिको पानी दोहन गर्न कम हुने र संकलित पानीको केही भाग जमिनमुनि समेत रिचार्ज हुने हुँदा यसले भूमिगत पानीको पुनर्भरणका लागि सघाउ पुग्ने बताउनुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


617 पटक हेरिएको 

