काठमाडौ : सरसफाइ गर्ने कामलाई सानो कामको रुपमा लिने तपाई हामी मध्ये कतिपयको सोचाई हुन्छ । अनि सरसफाइकर्मी प्रति गर्ने व्यवहार पनि उस्तै हुन्छ । तर हामी यो सोच्दैनौं कि, सरसफाइकर्मीहरु नहुँदो हो त तपाई हाम्रो जीवनशैली कस्तो हुन्थ्यो होला ?
तपाई हाम्रो सानो व्यवहारले पनि सफाइ क्षेत्रमा कार्यरत श्रमिकहरुको स्वास्थ्यमा जोखिम बढ्न सक्छ । तर तपाई हामीले सरसफाइकर्मी प्रति मर्यादित व्यवहार गरेमा उहाँहरुको स्वास्थ्य सुरक्षामा आउने जोखिम कम हुन सक्छ । मानौं, तपाई हाम्रो सेफ्टिक ट्याङ्की खाली गर्न आउने सफाइकर्मीलाई काम सकेपछि हातमुख धुन पानी नदिएको खण्डमा विभिन्न रोगहरु लाग्न सक्ने सम्भावना धेरै हुन्छ । तर त्यही अवस्थामा हामीले साबुन पानी प्रदान गरेको खण्डमा उहाँहरुले मर्यादित महसुस त गर्नुहुन्छ नै स्वास्थ्य सुरक्षामा आउने जोखिम पनि कम हुन्छ ।
अरुबाट मर्यादित व्यवहार प्राप्त गर्न र स्वास्थ्य सुरक्षामा आउन सक्ने जोखिम कम गर्न स्वास्थ्यकर्मी स्वयंले पनि धेरै कुरामा ध्यान दिनुपर्छ । सफाइ कार्यमा जानु अघि सुरक्षात्मक उपायहरु अपनाउनुपर्छ । पिपिई, गम्बुट, पन्जा, मास्क, हेल्मेट लगायत सुरक्षा सामग्रीहरु लगाएर मात्र सफाइको काम गर्नुपर्छ ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


923 पटक हेरिएको 

