यस्तो बन्नेछ, लहानको दिसाजन्य लेदो प्रशोधन प्लान्ट (3D एनिमेटेड भिडियो)

काठमाडौ : दिसाजन्य लेदो व्यवस्थापन, पूर्ण सरसफाइ प्राप्तिको लागि एउटा अपरिहार्य कार्य बनेको छ । शौचालयको सेफ्टिक ट्याङ्मा जम्मा भएको दिसाजन्य लेदोलाई खाली गरेर प्रशोधन बिनै विसर्जन गरिरहने हो भने खुला दिसामुक्त क्षेत्र घोषणा गर्नुको कुनै अर्थ हुँदैन । त्यसैले विभिन्न नगरपालिकाले आफ्नो क्षेत्रमा दिसाजन्य लेदो प्रशोधन प्लान्ट निर्माण गरी वातावरणलाई सफा र सुग्घर बनाउने पहल थालेका छन् ।

कतिपय नगरपालिकाले दिसाजन्य लेदो प्रशोधन प्लान्ट निर्माण गरी सञ्चालनमै ल्याईसकेका छन् भने कतिपयको डिपिआर बनाउने चरणमा छ । सिराहको लहान नगरपालिकामा बन्ने दिसाजन्य लेदो प्रशोधन प्लान्टको पनि डिपीआर निर्माण भईसकेको छ । हेर्नुहोस् थ्रि डि एनिमेटेड भिडियो :

जनघनत्व र बढ्दो सहरीकरण सँगै हरेक नगरपालिकामा कम्तीमा एउटा दिसाजन्य लेदो प्रशोधन प्लान्ट निर्माण गर्नुपर्ने आवश्यकता भईसकेको छ । यसको प्रबर्द्वन र सफल कार्यान्वयनको लागि सरकारी, गैरसरकारी, निजी क्षेत्रको साथै अन्तराष्ट्रिय सहयोगी संस्थाहरु बीच बलियो साझेदारी र सहकार्यको आवश्यकता पर्दछ । यसका साथै प्रचारप्रसार, क्षमता अभिवृद्धि, सरकारका सबै तहमा नीति तथा रणनीति निर्माण एवं प्रभावकारी कार्यान्वयनले दिसाजन्य लेदो व्यवस्थापन सहज बन्नेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार