वास क्षेत्रको अन्तर्राष्ट्रिय फोरममा नेपालको स्थिति त्यत्ति बलियो छैन : वास विज्ञ विश्वकर्मा

काठमाडौ : युनिसेफ नेपालका वास विज्ञ दण्डीराम विश्वकर्माले वास क्षेत्रको अन्तर्राष्ट्रिय फोरममा नेपालको स्थिति त्यत्ति बलियो नरहेको बताउनुभएको छ । ग्रामीण जागरण तथा विकास संगठन (RADO) र नेपाल फिलोसोफिकल रिसर्च सेन्टर (NPRC) ले संयुक्त रुप्मा आयोजना गरेको वास क्षेत्रका बहुसरोकारवालाहरुको परामर्श बैठकमा उहाँले अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको वास क्षेत्रको आवश्यकता के हो ? कस्तो खालको सहयोग अन्तर्राष्ट्रिय समुदायबाट चाहिन्छ ? भन्ने कुराहरुलाई दरो सँग उठाउन नसकेको बताउनुभयो ।

वास क्षेत्रको अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालमा जोइन्ट सेक्टर रिभ्यु (JSR) पनि भएको छैन, सेक्टर डेभलेप्मेन्ट प्लान (SDP) पनि बनेको छैन, वित्तिय रणनीति पनि निर्माण भएको छैन जस्ता कुराहरु उठ्ने गरेको र सबै कुरा पेन्डिङमा रहँदा राम्रो सन्देश नगएको उहाँको भनाइ थियो । वास विज्ञ विश्वकर्माले दिगो विकास लक्ष्य ६ (SDG 6) सम्बन्धी राष्ट्रिय योजना आयोगले थेमेटिक ग्रुपहरु बनाए पनि अहिलेसम्म बैठक समेत हुन नसकेको बताउनुभयो ।

परामर्श बैठकको एउटै लाइनमा बस्नु भएका खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठको ध्यानाकर्षण गराउदै उहाँले नेपालमा वास सेक्टरको समग्र स्थिति कसरी अगाडि बढ्दैछ भन्ने मार्गचित्र समेत नभएको बताउनुभयो । वास विज्ञ विश्वकर्माले वास सेक्टर आफैमा सेक्टर हो वा स्वास्थ्य अथवा जलस्रोतको कुनै सव सेक्टर मात्र हो ? भनेर समेत प्रश्न गर्नुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार