वास मिडिया फोरमको वाग्मती प्रदेश कमिटी गठन

🔗
125
Shares


काठमाडौ : वास मिडिया फोरम नेपालको वाग्मती प्रदेश कमिटी गठन गरिएको छ । सात वटै प्रदेशमा प्रदेश कमिटी गठन गर्ने फोरमको विधान बमोजिम कृष्ण सिं धामीको अध्यक्षतामा ११ सदस्यीय वाग्मती प्रदेश कमिटी गठन गरिएको हो । वास मिडिया फोरम नेपाल, खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा क्रियाशील पत्रकारहरुको संगठन हो ।

वास मिडिया फोरम नेपालकी केन्द्रिय अध्यक्ष मनिषा अवस्थी, उपाध्यक्ष नवीन पल्लव र महासचिव पी.टी.लोप्चनको उपस्थितिमा गठन गरिएको फोरमको वाग्मती प्रदेश कमिटीमा कान्तिपुर दैनिककी सीमा तामाङ उपाध्यक्ष चुनिनु भएको छ ।


यस्तै नयाँ पत्रिका दैनिकका शिवहरि घिमिरे महासचिव, भोजराज भण्डारी सचिव र इन्द्रसरा खड्का कोषाध्यक्षमा चयन हुनुभएको छ । दिक्षा कट्टेल, राजकुमार खाती, सन्तोष आङगहवा थारु, विक्रम दाहाल, ऋतु काफ्ले र समीक्षा गाहा सदस्यमा चुनिनु भएको छ ।

खानेपानी, सरसफाइ र स्वच्छताका सवालहरुलाई मूलधारको मिडियामा समेट्ने र यस क्षेत्रमा क्रियाशील पत्रकारहरुको दक्षता अभिवृद्धि गर्ने कार्यमा दत्तचित्त भएर लाग्ने नवगठित वास मिडिया फोरम, वाग्मती प्रदेश कमिटीका अध्यक्ष कृष्ण सिं धामीले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अन्य पत्रकारहरुलाई समेत सदस्यता प्रदान गरी संगठनको आकार ठूलो बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

फोरमकी केन्द्रिय अध्यक्ष मनिषा अवस्थीले सातै प्रदेशमा फोरमको प्रदेश कमिटी गठन हुने विधानको प्रावधान बमोजिम वाग्मती प्रदेश कमिटी गठन गरिएको जानकारी गराउदै नव गठित कमिटीका सदस्यहरुलाई शुभकामना एवं बधाई दिनुभयो । उहाँले निकट भविश्यमै अन्य प्रदेशमा समेत वास मिडिया फोरमको प्रादेशिक कमिटी गठन गरिने बताउनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार