१७० दलित घरपरिवारलाई सरसफाइ तथा स्वच्छता सामग्री वितरण

🔗
50
Shares

मुगु : छायाँनाथ रारा नगरपालिकाको वडा नं ५ ढुम गाउँका १७० दलित घरपरिवारलाई सरसफाइ तथा स्वच्छता सामग्री वितरण गरिएको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) मुगुको सहजिकरणमा वडा सदस्य खुम्मेनी वि.क ले ती सामग्री वितरण गर्नुभएको हो ।

सरसफाइ तथा स्वच्छता सामग्रीमा रुमाल, ब्रस, मन्जन, नङ कट, काईयो, साबुनदानी सहित लुगा धुने तथा नुहाउने साबुन, लुगा सुकाउने डोरी र महिनावारी स्वच्छताका सामग्री भएको स्वच्छता किट १ सेट र १० लिटरको १ थान बकेट रहेका छन् ।

वितरण कार्यक्रममा स्वच्छता व्यवहार तथा सामग्रीहरुको प्रयोगका बारेमा समेत अभिमुखीकरण गरिएको थियो । दलित वस्तीमा व्यक्तिगत स्वच्छता तथा सरसफाइको आनीवानी परिवर्तनका लागि सामग्री वितरण गरिएको हिरिसडेक नेपालका संयोजक रमेश कुमार भामले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार