
काठमाडौ : काठमाडौ उपत्यकामा मानव मलमूत्र प्रशोधन केन्द्र अभावमा यस क्षेत्रमा कार्यरत व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । घर घरबाट सेप्टिक ट्याङ्क खाली गरेर ल्याएको मानव मलमूत्र विसर्जन गर्ने सुरक्षित स्थलको अभावमा कहाँ विसर्जन गर्ने भन्ने कुराले व्यवसाय नै धरापमा परेको व्यवसायी बताउँछन् ।
सरकारले सुरक्षित तरिकाले व्यवस्थापन गर्ने स्थलमात्र निर्माण गरिदिएको खण्डमा आफूहरु हरेक पटकको शुल्क तिर्न तयार रहेको भए पनि सरकारले अहिलेसम्म सहयोग नगरेको उहाँहरुको गुनासो छ । सरकारले मानव मलमूत्र व्यवस्थापन गर्ने ठाउँ निर्माण नगर्दा लुकी लुकी व्यवसाय सञ्चालन गर्नुपरेको अन्नपूर्ण सरसफाइ प्रा.लि.का सुनिल बस्नेतले बताउनुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


905 पटक हेरिएको 

