पानीको धमिलो हटाउने ‘ट्युव सेटलर’ भनेको के हो ? (भिडियो सहित)

काठमाडौ : खानेपानीमा भएको धमिलोपना हटाउनका लागि ट्युव सेटलर एउटा प्रारम्भिक तर प्रभावकारी प्रशोधन एकाइ हो । तर यो एकाइ सबै खानेपानी आयोजनामा निर्माण गरिएको हुँदैन । यसको विकल्पमा पनि अन्य प्रशोधन प्रणालीहरु प्रयोग गर्न मिल्ने भएकाले पनि हुनसक्छ, यो प्रविधि कतै कतै मात्र निर्माण गरिएको पाइन्छ ।

ट्युव सेटलरले तुलनात्मक रुपमा साधारण सेटलरले भन्दा धमिलोपनालाई प्रभावकारी ढंगले हटाउन सक्छ । यसले साधारण सेटलरले जस्तै पानीमा हुनसक्ने गह्रुँगो वस्तुहरु जस्तै बालुवा, माटो र धमिलोपनालाई हटाउने काम गर्दछ ।

ट्युव सेटरलरमा निश्चित व्यासको पाइपलाई निश्चित लम्बाइमा काटेर ६० डिग्रीमा ढल्काइ सेट्लरको पिँंधबाट कम्तीमा १ मिटर माथि पर्ने गरी राखिन्छ । तयार भएको ट्युब सेटलर प्रशोधन गर्नुपर्ने पानीलाई पिंधतिर फर्काएर प्रवेश गराईन्छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

जुन पानी पुनः माथितिर सर्दै वा भरिदै पाइपको बाटो हुँदै ओभर फ्लो हुन्छ । यसक्रममा पानीमा भएको बालुवा, माटो पाइपको सतहमा ठोक्किएर एवं विभ्न्नि कणहरु एक आपसमा जोडिएर गह्रुँगो हुँदै पिँधतिर झरेर वा थिग्रिएर पानीको धमिलोपनामा उल्लेख्य सुधार आउँदछ ।

जुन पानीलाई थप प्रशोधनको लागि अन्य प्रशोधन प्रविधिमा पठाइन्छ । सामान्यतयः यसले साधारण सेटलरको भन्दा २ देखि ४ गुणा बढी प्रशोधन गर्ने क्षमता राख्दछ । यसरी जम्मा भएको ठोस पदार्थलाई लेदो भनिन्छ र भल्भ खोलेर यसलाई नियमित सफा गर्नुपर्दछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार