मानव मलमूत्र व्यवस्थापनको आवश्यकता किन र कसरी गर्ने ? (भिडियो)

काठमाडौ : चर्पीको सेफ्टिक ट्याङ्क भरिएपछि त्यसभित्रको मानव मलमूत्रलाई कसरी रित्याउने र कहाँ लगेर बिसर्जन गर्ने भन्ने तनाव त्यत्तिबेला सुरु हुन्छ, जब चर्पी प्रयोग गर्न गर्न नमिल्ने अवस्थामा पुगेको हुन्छ । गाउँघरमा भन्दा यसको समस्या शहरी क्षेत्रमा विकराल छ ।

सेफ्टिक ट्याङ्क खाली गराउने ट्याङ्कर सेवा उपलब्ध हुने शहरी इलाकामा सेवा शुल्क तिरेपछि सेफ्टिक ट्याङ्क त खाली गराउँछन् तर उनीहरुले पनि सेप्टिक ट्याङ्क खाली गरेपछि त्यसभित्रको मानवमलमूत्र कहाँ लगेर बिसर्जन गरिन्छ ? केही थाहा हुँदैन ।

घरघरको सेफ्टिक ट्याङ्कीबाट निकालिएको दिसाजन्य लेदो व्यवस्थापन गर्ने कुनै निश्चित स्थान नहुँदा वातावरणीय प्रदुषण र मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्छ । मानव मलमूत्र प्रशोधन केन्द्रको निश्चित स्थानको अभावमा काठमाडौ उपत्यकामा सेप्टिक ट्याङ्क खाली गर्ने व्यवसायीहरुले समेत आफ्नो व्यवसाय निर्धक्क तरिकाले सञ्चालन गर्न पाएका छैनन् भने उनीहरुले जथाभावी विसर्जन गरिदिँदा वातावरण प्रदुषण भईरहेको छ ।

तर यदि गर्न चाहेको खण्डमा यसको पनि उत्तम विकल्प छ । ठाउँ ठाउँमा दिसाजन्य लेदो प्रशोधन केन्द्र बनाउने र सेफ्टिक ट्याङ्क भरिएपछि खाली गरेर प्रशोधन केन्द्रमा लैजाने । माननव मलमूत्र प्रशोधन भएपछि यसबाट खाना पकाउने बायोग्याँस, बालीनालीका लागि कम्पोष्ट मल र सिँचाईका लागि पानी निस्कन्छ ।

यसबारेमा बुझ्ने तरिकाले विस्तृतमा भन्दै हुनुहुन्छ सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) का महासचिव इन्जिनियर राजीव जोशी :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार