काठमाडौ : हामीले उपभोग गर्ने पानी विभिन्न माध्यम पार गरेर बल्ल धारासम्म आईपुग्छ । पानीको स्रोतमा कुनै प्रदुषण नभए पनि पानी पठाउने क्रममा रिजर्भ्वायर ट्याङ्क, पाइप लगायत प्रणालीमा प्रदुषण हुनसक्छ ।
कतिपय खानेपानी प्रदायक संस्थाले पानी प्रशोधन गरेर मात्र वितरण गरेको भएपनि खानेपानी उपभोक्ता समिति मार्फत वितरण हुने धेरै जसो पानी, इन्टेकबाट रिजर्भ ट्याङ्कमा जम्मा गरी सीधै उपभोक्ताको धारामा पठाइन्छ । यसरी पठाएको पानी आँखाले सङ्लो देखिए पनि विभिन्न सुक्ष्म जीवाणु तथा रासायनिक प्रदुषण भएको हुनसक्छ । पानीमा के कस्ता पदार्थहरु मिसिएका छन् भन्ने कुरा परिक्षण नगरी थाहा हुँदैन ।
पानी परिक्षण किन गर्नुपर्छ ? यसका लागि कहाँ सम्पर्क राख्ने ? हेर्नुहोस् यो भिडियो :


1896 पटक हेरिएको 

