यस्तो छ, सुर्खेतको खानेपानी अभाव हटाउने योजना

सुर्खेत : सुर्खेत उपत्यकाले वर्षौदेखि भोग्दै आएको खानेपानीे अभाव हटाउन भेरी नदीको पानी लिफ्टिङ गर्ने देखि विभिन्न योजना अघि सारिएको छ । सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको झुप्रा वृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अबको तीन वर्षभित्र २२ हजार धारा जडान गर्ने भएको छ ।

संस्थाका अध्यक्ष कुलमणि देवकोटाले खानेपानी आपूर्तिका लागि सुर्खेत उपत्यकामा ६२ किमी पाईपलाइन बिछ्याउने काम पुरा भइसकेको, खरीखोला र बोरीखोलाबाट पानी ल्याउने काम अन्तिम चरणमा पुगेको र पानीको चुहावटलाई १५ प्रतिशत सम्म झार्ने बताउनुभयो । ‘खानेपानीको अभाव हटाउन चुहावट नियन्त्रण तथा लिफ्टिङ गर्ने योजना छ हामीले भेरी नदीको पानी लिफ्टिङ गर्ने योजना बनाएका छौं’ अध्यक्ष देवकोटाले भन्नुभयो ।
पानीको अभावमा अहिलेको धाराको मात्र बिल तिर्नुपर्ने बाध्यता रहेको वीरेन्द्रनगर ६ का खडानन्द कँडेलले बताउनुभयो । कँडेलले खानेपानी चुहावटकै कारण खानेपानी अभाव झेल्नुपरेकाले यसको समाधानमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार