काठमाडौ : खानेपानी सुरक्षा योजनाका बिषयमा त सुन्नु भएकै होला । कतिपय खानेपानी सेवा प्रदायक संस्थाले खानेपानी सुरक्षा योजना कार्यान्वयन पनि गरिरहनु भएको होला ?
अहिलेसम्म पनि खानेपानी सुरक्षा योजना लागु गर्नुभएको छैन भने अब खानेपानी सुरक्षा योजना लागु गर्नैपर्छ । खानेपानी आपूर्ति प्रणालीको सम्पूर्ण भागहरू (खानेपानीको मुहानदेखि उपभोक्ताको मुखसम्म) मा खानेपानीको गुणस्तरको प्रत्याभूति दिलाउन खानेपानी सुरक्षा योजना लागु गर्नुपर्दछ ।
यो हरवखत पानीको गुणस्तरलाई सुनिश्चित गर्न प्रयोग गरिने अति प्रभावकारी माध्यम हो । नेपालमा सन् २००६ देखि नै विश्व स्वास्थ्य संगठनको सहयोगमा खानेपानी सुरक्षा योजना लागू हुँदै आएको छ । खानेपानी सुरक्षा योजनाको कार्यान्वयनबाट खानेपानी सेवा प्रदायकहरूलाई खानेपानी आपूर्ति प्रणालीमा प्रतिरोधात्मक जोखिम व्यवस्थापन गर्न सजिलो हुन्छ भने खानेपानी प्रणाली सञ्चालन गर्दा आपत्कालिन अवस्थामा समेत जनस्वास्थ्यमा देखापर्न सक्ने असरहरूलाई हटाउनका लागि मद्दत गर्छ ।
हामीले यसैका सन्दर्भमा खानेपानी तथा ढल व्यवस्थापन विभागको गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख एवं सिनियर डिभिज्नल इन्जिनियर नारायण प्रसाद आचार्यसँग अझ बुझ्ने गरी खानेपानी प्रणालीमा खानेपानी सुरक्षा योजनाको आवश्यकता र कार्यान्वयन प्रक्रियाका बारेमा समेत कुराकानी गरेका छौं ।
हेर्नुहोस् यो भिडियो :


3253 पटक हेरिएको 

