छात्रा आफैले बनाए विद्यालयमा शौचालय

बझाङ :  बझाङको छबिसपाथिभेरा गाउँपालिका– ६, मजखोरी माध्यमिक विद्यालयका छात्राहरु आफै मिलेर शौचालय बनाएका छन् । विद्यालयमा शौचालयको अभाव भएपछि आधा घण्टा टाढाबाट ढुङ्गा, काठ र पानी आफैले बोकेर शौचालय निर्माण गरेका हुन् ।

विद्यालयमा छात्रछात्रा सबैले एउटै शौचालय प्रयोग गर्नुपर्दा असहज भएकाले आफ्ना लागि आफैले शौचालय बनाएको कक्षा ९ की मनिसा धामीले बताउनुभयो ।

‘छात्राका लागि शौचालय नहुँदा दिनैपिच्छे छात्र र छात्राको झगडा भइरहन्थ्यो, कति जनाले त विद्यालयका छात्राका लागि शौचालय नभएकै कारण विद्यालय छाडे, महिनावारी भएको समयमा त छात्राहरु आउँदै आउँदैनथे’ धामीले भन्नुभयो ।

दलित सहयोग समाज नामक संस्थाले व्यवहार परिर्वतन अन्तर्गत किशोर – किशोरी समूह गठन गरी तालिम दिएपछि शौचालय बनाउने बाटो खुलेको छात्राहरु बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार