जाजरकोट : जाजरकोटका १३ वटा स्वास्थ्य संस्थामा स्वच्छता परियोजना कार्यक्रम लागु हुने भएको छ । स्वच्छता परियोजनाका विषयमा जानकारी गराउन सदरमुकाम खलंगामा आयोजना गरिएको कार्यक्रममा स्वच्छता परियोजना जाजरकोटका संयोजक रवीन्द्र विक्रम शाहीले १३ वटा स्वास्थ्य संस्थामा परियोजना लागु हुने जानकारी गराउनुभयो ।
जाजरकोटका ३४ स्वास्थ्य संस्था मध्ये नायकवाडा, कुदु, बाहुनथान, दल्ली, भगवती, डाँडागाउँ, भूँर, जगतीपुर, लिम्सा, लँह, पैंक, टालेगाउँ र कार्की स्वास्थ्य संस्थामा परियोजना सञ्चालन हुनेछन् ।
जाजरकोटमा रहेका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको गुणस्तरमा सुधार ल्याउन, सरसफाइ सम्बन्धी बानी व्यहोरामा परिवर्तन ल्याउन परियोजना सञ्चालन गर्न लागेको संयोजक शाहीले बताउनुभयो ।
परियोजना लागु भएका स्वास्थ्य संस्थामा खानेपानी तथा सरसफाइ, शौचालय, धारा, सौर्य उर्जा, संक्रमण रोकथाम र सरसफाइमा व्यवहार परिवर्तन ल्याउने लगायतका क्रियाकलाप सञ्चालन गरिने संयोजक शाहीले बताउनुभयो । स्वच्छता परियोजना सन् २०२१ सम्म लागु हुनेछ ।