बंगलादेश : बंगलादेशमा सन १९७० को दशक भरि करोडौं ट्युबवेलहरु जडान गरिए । तर त्यसको केही समय पछि नै आर्सनिकबाट हुने विषाक्तताको समस्या देखिन थाल्यो ।
आर्सनिक न त देख्न सकिन्छ, न यसको कुनै गन्ध नै आउँछ । यसको पहिलो संकेत छालामा देखिने दाग नै हुन्, जुन विषाक्तता फैलिइ सकेपछि मात्रै देखिन्छ ।
यो विषाक्तताले मुटु रोग तथा क्यान्सर जस्ता रोगहरु पनि लाग्न सक्छ । ह्युमन राइट्स वाचले बंगलादेशमा हरेक वर्ष आर्सेनिकबाट उत्पन्न विषाक्तताका कारण झण्डै ४३ हजार मानिसको ज्यान जाने गरेको अनुमान गरेको छ ।
यो समस्या संग जुध्न बंगलादेशका केही सामाजिक उद्यमीहरुले ड्रिङकवेल नामक कम्पनी खडा गरी पानी प्रशोधन तथा वितरण शुरु गरेका छन् ।
अहिले भारत र बंगलादेशमा ३० वटा ड्रिङकवेल प्रशोधन केन्द्रहरु स्थापना गरिएको छ, जसले एक लाख मानिसहरुलाई सफा पिउने पानी उपलब्ध गराइरहेको छ ।
bbc.com बाट साभार


745 पटक हेरिएको 

