यसरी वितरण हुँदैछ, मेलम्चीको पानी काठमाडौबासीको घरघरमा : कार्यकारी निर्देशक श्रेष्ठ सँग भिडियो वार्ता

  वास खबर सम्वाददाता  3640 पटक हेरिएको

काठमाडौ : सुन्दरीजलमा आईपुगेको मेलम्चीको पानी काठमाडौ उपत्यकामा वितरण गर्न सुरुङ फ्लस गर्ने काम भईरहेको छ । मेलम्चीको पानी सोमबार नै सुन्दरीजलमा आईपुगे पनि पुनः सुरुङ बन्द गरी २६ किलोमिटर सुरुङ भरिएपछि फ्लस गर्ने काम भईरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमल राज श्रेष्ठले बताउनुभयो ।

अम्बाथानबाट सुरुङमा पथान्तर गरिएको पानी करिब एक हप्तामा गत सोमबार सुन्दरीजल आईपुगेको थियो । उहाँका अनुसार सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रमा प्रशोधनको काम सकिएपछि पर्सि शुक्रबार देखि थोक वितरण प्रणालीमा पानी पठाउने तयारी छ । सुन्दरीजलको पानी प्रशोधन केन्द्र देखि काठमाडौ उपत्यकाका विभिन्न ठाउँमा निर्माण गरिएका १० वटा पानी पोखरीसम्म विछ्याएको पाइप नै थोक वितरण प्रणाली हो । आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको थोक वितरण प्रणालीको लम्बाई ७७ किलोमिटर छ भने १४ सय मिलिमिटर डायमिटरका पाइपहरु विछ्याईएका छन् ।

पानी पोखरीहरुमा पानी जम्मा भएपछि वितरण सञ्जाल मार्फत उपत्यकाबासीको धारा धारामा पुग्छन् । पानी वितरणका लागि सम्पूर्ण टोली तयारी अवस्थामा रहेकाले एक हप्ताभित्र धेरैजसो बस्तीहरुमा मेलम्चीको पानी पुग्ने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

खोलाबाट सुुरुङमा पानी हालेको एक हप्ता वितिसक्दा पनि किन वितरण हुन नसकेको हो ? के कस्ता प्रक्रियाहरु पार गरेर उपभोक्ताको धारासम्म पानी आईपुग्छ ? नयाँ वितरण सञ्जालबाट कहिले पानी वितरण हुन्छ ? केयूकेलका प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा लगाईएको तालाले खानेपानी वितरणमा केही असर पार्छ कि पर्दैन ? मेलम्चीको पानीलाई बाह्रै महिना वितरण गर्न सम्भव छ ? अनि मेलम्चीमा लार्के र याङ्ग्रीको पानी थप गर्ने बिषयमा के भईरहेको छ ? यिनै प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरेका छौं, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमल राज श्रेष्ठसँग ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार