मेलम्चीको पानी वितरणका लागि सुन्दरीजल पानी प्रशोधन केन्द्र तयारी अवस्थामा, कहाँ कसरी प्रशोधन हुन्छ ? सम्पूर्ण विवरण सहित इन्जिनियरहरु

  वास खबर सम्वाददाता  985 पटक हेरिएको

काठमाडौ : मेलम्चीको पानी सुन्दरीजलमा आईपुगेको चार दिन भयो । मेलम्चीको पानी अहिले पनि सुरुङ फ्लस गरेर वागमती तर्फ पठाईरहेको छ । मेलम्चीको पानी थोक वितरण प्रणालीमा पठाउनु अघि सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा प्रशोधन गरिन्छ । प्रशोधन केन्द्रमा पानी पठाउन साथ सिस्टमले स्वतः काम गर्न सुरु गर्छ ।

प्रशोधन केन्द्रमा पानी पठाउन साथ थोक वितरण प्रणालीमा पठाउन मिल्ने गरी सम्पूर्ण संयन्त्र कार्यगत अवस्थामा रहेको र टिम पनि त्यसैगरी परिचालित रहेको मेलम्ची खानेपानी विकास समितिका इञ्जिनियर रामचन्द्र पौडेलले बताउनुभयो ।

सुरुङ मार्फत ल्याएको मेलम्ची नदीको पानी सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रमा कसरी प्रशोधन गरिन्छ ? थोक वितरण प्रणालीमा पठाउनु अघि के कस्ता मापदण्डहरु पूरा गर्नुपर्छ ?  त्यस भित्रका संरचनाहरुले कसरी काम गर्छ ? खोलाको पानी एकदम धमिलो आएमा कसरी व्यवस्थापन गरिन्छ ? यी सम्पूर्ण पक्षबारे जानकारी हासिल गर्न एक पटक सुन्दरीजल पानी प्रशोधन केन्द्रको भ्रमण गरौं, इञ्जिनियहरु रामचन्द्र पौडेल र दिनेश फुँयालसँग ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार