काठमाडौ : घरको छतमा थोरै भए पनि तरकारी उमार्ने चलन अब नौलो रहेन । आफ्नै घरको छतमा फलाएको तरकारीले पर्याप्त नभए पनि आंशिक खपतको पूर्ति गर्न सक्दछ । तर ती तरकारी बाहिरबाट मल ल्याएर फलाउन थाल्यौं भने बाहिरबाट तरकारी किनेर खानु रआफैले फलाएर खानुको कुनै भिन्नता रहँदैन ।
बिषादीरहित तरकारी फलाउनका लागि त आफैले मल बनाउन पनि जान्नुपर्दछ । रासयनिक मलको सट्टा आफैले तयार पारेको कम्पोष्ट, प्राङ्गरिक वा झोल मल बनाएर लगाउनु पर्छ । अनि मात्र तपाई हामीले चाहे जस्तो अर्गानिक तरकारी फलाउन सक्छौं ।
उसो भए मल कसरी तयार पार्ने ? कस्तो खाले मल प्रयोग गर्दा माटोको गुणस्तर बढाई उत्पादकत्व क्षमता बृद्धि गर्छ ? यीनै कुराहरु थाहा पाउनका लागि हेर्नुहोस् यो भिडियो :