काठमाडौ : वायु प्रदुषणबाट नेपालमा एक बर्षको अवधिमा ४२ हजार १ सय जनाको ज्यान गएको तथ्याङ्क छ । सन् २०१९ मा वायु प्रदुषणले मात्र नेपालमा यत्ति धेरै जनाको ज्यान लिएको हो ।
अमेरिकाको एयर युनिभर्सिटीले विश्वका १८० वटा राष्ट्रहरुको वायुको स्थिति सूचीकरण गर्दा नेपाल १७८ औं स्थानमा रहेको देखाएको छ । यसले पनि नेपालको वायुको स्थिति कस्तो छ भनेर भन्न सकिन्छ ।
नेपालमा वायुको गुणस्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मापदण्ड भन्दा १० गुणा खराब रहेको देखाएको छ । डब्लुएचओले हावाको गुणस्तर ५ माईक्रोग्राम प्रति मिटर क्युब तोकेको छ । वायु प्रदुषणकै कारण नेपालीहरुको औसत आयु ४ बर्ष घटेको देखाएको छ ।
वायु प्रदुषण के कति कारणले हुन्छ ? वायु प्रदुषणले कसरी मानिसको मृत्यु गराउँछ ? अनि यसलाई कम गराउन के कस्ता उपायहरु छन् ? यसबारेमा बताउँदै हुनुहुन्छ वातावरण इन्जिनियर संगीता दण्डीख्या ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


596 पटक हेरिएको 

