खानेपानी प्रयोगशाला स्थापना गरी नगरपालिकालाई हस्तान्तरण (भिडियो रिपोर्ट)

सेवा प्रदायक संस्थाले अनिवार्य गुणस्तर परिक्षण गर्नुपर्ने

  पी.टी.लोप्चन  898 पटक हेरिएको

ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकामा खानेपानीको मिनी प्रयोगशाला स्थापना गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले स्थापना गरिएको प्रयोगशालाको सञ्चालन, व्यवस्थापन र मर्मत सम्भारको दायित्व नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

‘Towards Achieving Resilient and Water Safe Urban Communities in selected areas of Kathmandu Valley’ परियोजना अन्तर्गत एन्फोले गत असार १५ गते नै महालक्ष्मी नगरपालिकामा खानेपानी परिक्षण प्रयोगशाला स्थापना गरिएको थियो । प्रयोगशालामा खानेपानी परिक्षण सँग सम्बन्धित उपकरण तथा सामग्री गरी ५१ वटा वस्तुहरु छन् । एन्फोले ‘खानेपानी गुणस्तर अनुगमन तथा खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला सञ्चालन कार्यविधि २०७९’ को मस्यौदा समेत नगरपालिकालाई हस्तान्तरण गरिएको छ । उक्त कार्यविधि नगरकार्यपालिकाले आवश्यक संशोधन गरी अनुमोदन गर्न सकिने एन्फोका कार्यक्रम अधिकृत विभोर महर्जनले बताउनुभयो ।

एन्फोले ललितपुरकै गोदावरी नगरपालिकामा समेत खानेपानी परिक्षण प्रयोगशाला स्थापना गरी नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । शुक्रबार मात्र एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख समक्ष प्रयोगशाला हस्तान्तरण गरिएको कार्यक्रम अधिकृत महर्जनले जानकारी गराउनुभयो ।

हेर्नुहोस्, पानी परिक्षण प्रयोगशाला सम्बन्धी भिडियो रिपोर्ट :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार