महिलाहरुले थालेको स्यानिटरी प्याड उत्पादन : पहिलो बर्षमै २० लाखको कारोबार

मासिक ५/१० रुपैयाँ बचतको आकार बन्यो साढे १२ करोड

  वास खबर सम्वाददाता  649 पटक हेरिएको

बाँके : सरकारी तथा गैरसरकारी संस्थाले कुनै परियोजना सञ्चालन गर्दाको अवधिसम्म चल्ने र त्यसपछि विघठन हुने विभिन्न समूहहरुको बीचमा बाँकेको दलित महिलाहरुको समूह देशकै फरक र उदाहरणीय समूह बनेको छ । २०५१ सालमा बचत समूहबाट सुरुवात भएको दलित महिला दिदीबहिनीहरुको समूह अहिले संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्थाको रुपमा चिर परिचित छ ।

महिलाहरुले ५/१० रुपैयाँबाट संकलन गरेको रकमको आकार बढेर अहिले साढे १२ करोड रुपैयाँ पूँजी जम्मा भएको छ । सहकारीले १३ सय ५५ जनालाई ऋण प्रवाह गरी विभिन्न व्यवसाय सञ्चालन गर्न सहयोग गरेको छ ।

ऋण प्रवाह गरी धेरैलाई स्वरोजगार बनाएको सहकारीलाई अलि ठूलो उद्योगमा लगानी गर्ने सोच आईरहेकै बेला रोज फाउण्डेसनका पदाधिकारीहरुसँग भेट भयो । जसले स्यानिटरी प्याड उत्पादन गर्नका लागि प्रेरित गर्नुभयो । त्यसपछि संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था भित्रकै महिलाहरु मिलेर रोज ग्रुप कम्पनी दर्ता गरी स्यानिटरी प्याड उत्पादन गर्ने चरणमा पुग्नुभयो ।

तर रोज फाउण्डेसनसँगको सहकार्य लामो समय टिकेन । सहकारीबाट १८ जना महिलाहरुले एक एक लाखको दरले ऋण लिएर प्याड उत्पादनको तयारी भईरहेकै बेला फाउण्डेसनसँग सहकार्य टुटे पछि अलमल्ल परेको रोज ग्रुपका पदाधिकारीको विरुवा एड्भाइजर्स प्रा.लि.सँग भेट भयो । जसले वास एलायन्स इन्टरनेसनलको साझेदार भएर वास एसडीजी मार्फत बाँकेमा वास उद्यमीहरुसँग काम गरिरहेको थियो ।

केही समय अघि मात्र वास एसडीजी कन्सोर्टिमका कोअर्डिनेटर Geerte Van Der Meijdenर वास एसडिजी प्रोजेक्टका कन्ट्री कोअर्डिनेटर मिङमा शेर्पा लगायतले हालै अनुगमन समेत गरिसक्नु भएको छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार