काठमाडौ : काठमाडौ उपत्यकाको खानेपानीको गुणस्तर सन् २०१६ देखि अहिलेसम्म पनि उस्तै रहेको पाईएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले खानेपानीको गुणस्तर सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको भए पनि अहिलेसम्म सुधार नआएको हो ।
काठमाडौ उपत्यकाको खानेपानी गुणस्तरको परिणाम, हैजाका बिरामीको संख्या, पानी परिक्षणको नतिजा लगायतको तथ्याङ्क विश्लेषण गर्दा सन् २०१६ को तुलनामा कुनै भिन्नता नरहेको देखिएको हो ।
खानेपानीको गुणस्तर परिक्षण र काठमाडौ उपत्यकामा भूमिगत पानीको अवस्थाको परिणाम सार्वजनिक कार्यक्रममा युनिसेफ नेपालकी वाश विशेषज्ञ अरिनिता मास्केले उपत्यका भरिकै गुणस्तरयुक्त खानेपानी उपभोगको अवस्था विश्लेषण गर्ने हो भने खस्किदो अवस्था हुन सक्ने बताउनुभयो ।
युनिसेफ नेपालको आर्थिक सहयोगमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) र शहरी वातावरण व्यवस्थापन समाज (युम्स) ले काठमाडौ उपत्यकाको चार वटा स्थानीय तहमा Towars Achieving Resilient and Water safe Urban Communities in Selected areas of Kathmandu Valley कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।
कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिकाको विभिन्न समुदायबाट २४४ वटा, गोदावरी नगरपालिकाबाट १५० वटा घरधुरी, महालक्ष्मी नगरपालिकाको माथिल्लो दोभान खानेपानी उपभोग गर्ने १५० घरधुरी, घिमिरेथोक खानेपानी आयोजनाको पानी उपभोग गर्ने १५० तथा वागमती नगरपालिकाबाट ५२ वटा गरी ७४६ वटा पानीको नमुना परिक्षण गर्दा ८० प्रतिशत पानीमा इकोलाई भेटिएको छ । इकोलाई मानिस लगायत पशुचौपायाको दिसामा पाईने हानिकारक जीवाणु हो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


730 पटक हेरिएको 

