गति न पतिको चर्पी बनाउने कुबुद्धि कस्को दिमागमा आयो ? (भिडियो रिपोर्ट)

  वास खबर सम्वाददाता  1531 पटक हेरिएको

रौतहट : रौतहटको नेपाल राष्ट्रिय आधारभूत प्रा.बि. मा अपाङ्गता भएका व्यक्तिका लागि बनाएको चर्पी देखेपछि कि हाँसो उठ्छ, कि लाजले शीर निहुरिन्छ । अपाङ्गतामैत्री शौचालयमा हुनुपर्ने कुनै पनि मापदण्ड उक्त शौचालयमा पूरा भएको छैन ।

जसले गर्दा उक्त शौचालयमा अपाङ्गता भएका व्यक्ति पुग्नै सक्दैनन् । २०७२ सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालयले अपाङ्गतामैत्री शौचालय निर्माण गर्ने बजेट विद्यालयको खातामा जम्मा गरिदिएको थिया ।

रकम फ्रिज नहोस् भनेर विद्यालयको खातामा ट्रान्स्फर गरिएको रकमबाट ७ बर्षपछि बनाएको शौचालय पनि गति न पतिको बनाईएको हो । यो शौचालय निर्माणमा कहाँ, कसरी, कस्ता लापरवाही भएका छन् ?

हेर्नुहोस् यो भिडियो रिपोर्ट :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार