जन्म दुर्गममा, उच्च शिक्षा विदेशको प्रख्यात युनिभर्सिटीमा, सेवा नेपालको खानेपानी र सरसफाइमा

  वास खबर सम्वाददाता  2376 पटक हेरिएको

काठमाडौ : ‘दुर्गम स्थानमा जन्म, घाँस दाउरा गरेर हुर्किएको बाल्यकाल, नेपाल र विश्वका प्रख्यात विश्वविद्यालयबाट विद्यावारिधीसम्मको अध्ययन र नेपालको खानेपानी र सरसफाइ क्षेत्रमा निरन्तर सेवा ।’ यो बहुआयामिक संयोजन डा. गंगादत्त नेपालको संघर्षपूर्ण जीवनमा मिलेको संगम हो ।

एक जना सफल व्यक्तिले परिवार, समाज र राष्ट्रका लागि कति सम्म योगदान दिन सक्छन् भन्ने कुरा उहाँको संघर्षपूर्ण जीवनको उतारचढाव र सफलताको कथाले बताउँछ । जीवनलाई पछाडि पट्टि फर्केर हेर्दा कतिपय सफलताहरु उहाँ आफैका लागि समेत पत्याउनै नसकिने खालका छन् । उहाँले जीवनयात्राको दौरानमा कष्टमा अति कष्टपूर्ण र सुख सुविधामा पनि उच्चतम सुविधा उपभोग गर्नुभएको छ ।

उहाँसँग कक्षा २ मा अध्ययन गर्दागर्दै बाढीले विद्यालय बगाएको तीतो घटना देखि टेलिभिजनको आविष्कारक हर्मन हर्ट नि प्रोफेसर रहेको विश्वविद्यालयमा अध्ययन गर्न पाएको सफलताको कथा पनि छ । जर्मनीको जुन विश्वविद्यालयमा उहाँले सिभिल तथा वातावरण इन्जिनियरिङ संकाय अन्तर्गतको प्रादेशिक विज्ञानमा एम.एस्सी अध्ययन गर्नुभयो, उक्त विश्व विद्यालयका ९ जना प्रोफेसरहरुले फिजिक्स तथा केमेष्ट्रिका विभिन्न विधामा नोवेल पुरस्कार समेत प्राप्त गरिसक्नु भएको छ ।

नेदरल्याण्ड तथा जर्मनका प्रख्यात विश्वविद्यालयबाट दीक्षित डा. गंगादत्त नेपालले सेवा क्षेत्र भने आफ्नै देश नेपाललाई रोज्नुभयो । त्यसमा पनि खानेपानी र सरसफाइ । उहाँले खानेपानी र सरसफाइ क्षेत्रमा नीति निर्माण देखि सोध अनुसन्धान समेत गरिसक्नु भएको छ । उहाँले विद्या वारिधिको सोधपत्र समेत ‘जलवायु परिवर्तन र खानेपानी’ मै गर्नुभएको छ ।

हामीले वास विज्ञ डा. गंगादत्त नेपालसँग खानेपानी र सरसफाइमा जलवायु परिवर्तनको इम्प्याक्टका बिषयमा कुराकानी गरेका छौं ।

हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार