मेलम्ची बन्द भएपनि फरक नपर्ने, तालिका परिवर्तन नहुने गरी काम गरिदै (भिडियो)

  वास खबर सम्वाददाता  815 पटक हेरिएको

काठमाडौ : मेलम्ची खानेपानीको मुहानमा स्थायी संरचना निर्माण नगर्दासम्म बर्षातको समयमा मेलम्चीको पानी बन्द हुने निश्चित छ । हेडवर्क्सको काम सम्पन्न नहुँदै अस्थायी तरिकाले ल्याएको हुनाले यही अवस्थामा मेलम्चीको पानी बर्षातमा आउने सम्भावना छैन ।

तर मेलम्चीको पानी बन्द भएपनि फरक नपर्ने गरी काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काम गरिरहेको छ । मेलम्ची आयोजनाबाट उपलब्ध भईरहेको पानी आगामी २०८० असारमा अवरुद्ध हुन सक्ने सम्भावनालाई मध्यनजर गरी वैकल्पिक व्यवस्थाको रुपमा वागमती नदीबाट १० करोड लिटर पानी थप गरिने केयूकेएलका प्रबन्धक एवं प्रवक्ता प्रकाश कुमार राईले जानकारी गराउनुभयो ।

सोमबारको पत्रकार भेटघाट कार्यक्रममा उहाँले १० करोड पानी थप भएपछि मेलम्ची आयोजनाबाट पानी प्राप्त नभएपनि बर्षायाममा हाल वितरण भईरहेको अवस्थालाई यथावत राख्न सकिने र हालकै तालिका अनुसार वितरण गरिने बताउनुभयो ।

केयूकेएलको आफ्नै स्रोतबाट प्राप्त १२ करोड लिटर र मेलम्चीबाट प्राप्त १४ करोड लिटर गरी हाल दैनिक २६ करोड लिटर पानी वितरण गरिरहेको छ । मेलम्चीबाट दैनिक १७ करोड पानी प्राप्त भईरहे पनि नयाँ पाइपलाइनको परिक्षण गर्न दैनिक ३ करोड लिटर पानी प्रयोग भईरहेको छ ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार