जन्म दिनमा बृक्षरोपण अभियानद्वारा विश्व वातावरण दिवसमा प्रभातफेरी र वृक्षरोपण

  वास खबर सम्बादाता  1247 पटक हेरिएको
🔗
56
Shares


लम्जुङ : प्रकृति संरक्षण, स्वच्छ वातावरण, जिवजगतको रक्षा र पृथ्वी बचाउने अविभारा भन्ने सन्देश सहित जन्मदिनमा वृक्षरोपण अभियान नेपालले सोमबार विश्व वातावरण दिवस मनाएको छ ।

लमजुङको बेंसीशहरमा प्रभातफेरी र वृक्षरोपण कार्यक्रम गरेको अभियानले जनाएको छ । बेंसीशहर नगरपालिका ७ मनाङेचौताराबाट निस्केको र्‍याली बेंसीशहर नगरपालिका ८ स्थित प्रकृति नारी समाजको भवन परिसरमा पुगि मेवाको वृक्षरोपण गरेर सम्पन्न भएको थियोे ।

प्रभातफेरी कार्यक्रममा बेंसीशहर नगरपालिका नगरप्रमुख गुमानसिंह अर्याल, जिल्ला समन्वय समितिका उपप्रमुख बुनाकुमारी रिमाल, सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्र, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यलय, लमजुङ उद्योग बाणिज्य संघका कोषाध्यक्ष शिवराम सिलुवाल, सामाजिक व्यक्तित्व बेनबहादुर सुयल, नेपाल पत्रकार महासंघ लमजुङका संस्थापक अध्यक्ष नवराज पहाडी, प्रकृति नारी समाज, युनिभर्सल एकेडेमी, न्यु ईरा बोर्डिङ, लायनस्टार बोर्डिङ, बिद्याविकास बोर्डिङका शिक्षक प्रतिनिधि र विद्यार्थी, बास नेपाल लमजुङ शाखा, लिस्नो साहित्यिक मञ्च, नागरिक समाज, जनचेतना आमा समूह लगायतको उपस्थिति थियोे । प्रकृति नारी समाजको भवन परिसरमा मेवाको वृक्षरोपण गरिएको थियोे ।

जन्मदिनमा वृक्षरोपण अभियान नेपालका परिकल्पनाकार बासुदेव सेढाईले पर्यावरणीय सन्तुलन कायम राख्न वृक्षरोपणको महत्वपूर्ण भुमिका गरेको, प्रकृति विनाश वातावरण प्रदुषण यस्तै तरिकाले बढ्दै जाने हो भने केही समय पछि पृथ्वीमा मानिस लगायत कुनै प्राणी बाँच्न सक्ने अवस्था नहुने भएकोले प्रकृतिको संरक्षण, स्वच्छ वातावरण, जीवजगतको रक्षा र पृथ्वी बचाउ अभियानको सन्देश दिन प्रत्येक मानिसले आफ्नो शुभ जन्मदिनको अवसरमा न्यूनतम एउटा विरुवा रोप्ने प्रचलन स्थापित गर्न जन्मदिनमा वृक्षरोपण अभियान संचालन गरेको बताए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार