भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरपालिका क्षेत्रबाट उत्सर्जन हुने ठोस फोहोरमैलाको अत्याधुनिक तरिकाबाट व्यवस्थापन गर्न नयाँ प्रबिधिको अध्ययन सुरु गरेको छ ।
ठोस फोहोरमैला व्यवस्थापनमा The K2 Technology Co. Ltd. (Japan) को जापानी प्रविधिमा आधारित “THE K2 CARBONIZATION TECHNOLOGY” को बिषयमा अध्ययन अगाडि बढाईएको नगरपालिकाका मेयर जीवन खत्रीले बताउनुभयो ।
ठोस फोहोरमैलाबाट कार्बोनाईजेशन प्लान्टको प्रयोग गरी फोहोरबाट Charcoal, Electricity, Distilled Water, Oxygen Gas, Hydrogen Gas, Cold & Hot air जस्ता तत्वहरु उत्पादन गर्न सकिने साथै फोहोर प्रशोधनबाट उत्पादन हुने Charcoal लाई कृषि प्रयोजनको लागि प्राकृतिक रुपमा खेतबारीमा समेत प्रयोग गर्न सकिने जनाएको छ ।
पानीलाई फिल्टर गर्ने कार्यको लागि समेत प्रयोग गर्न सकिने यस प्रबिधिलाई World Inspire Pvt Ltd (Nepal) नामक संस्थाको समन्वय र सहकार्यमा नेपाल भित्राएको हो ।
थप अध्ययन र अनुसन्धानलाई अगाडि बढाउन चाँगुरायण नगरपालिकाको वन, वातावरण तथा विपद समितिका संयोजक सोम प्रसाद प्रधानको संयोजकत्वमा शाखा प्रमुख सुरेन्द्र लामिछाने सदस्य सचिब रहने गरी कार्यदल गठन गरी कार्य अगडि बढाईने नगर मेयर खत्रीले जानकारी गराउनुभयो ।
हाल चाँगुनारायण नगरपालिकाले ठोस फोहोरमैला व्यवस्थापनमा नेप्सेम्याक सेवा प्रा.लि र नेपाल स्वच्छ वातावरण सृजना केन्द्र नामक संस्था सँंगको सहकार्यमा फोहोर संकलन र व्यवस्थापनको काम गरिरहेको छ ।