असारको पानीले फागुनको तिर्खा मेटाउदै पाल्पाका शिक्षक विद्यार्थी

पाल्पा ९ फागुन । पाल्पाको भुवनपोखरी गाविसस्थित रैनादेवी माविका शिक्षक विद्यार्थी असार साउनको झरीको पानीले तिर्खा मेटाउँदैछन् । असार साउनमा संकलन गरेको पानी अहिले प्रयोगमा ल्याएको हो । ‘हामीले असार साउनमा धन्न पानी संकलन गरेका थियौं र अहिले तिर्खा लाग्दा पिउन पाएका छौं, यो पानी पनि नभएको भए हामी काकाकुल झैं हुन्थ्यो’ विद्यालयका प्रधानाध्यापक ऋषिराम पोखरेलले बताउनुभयो ।

आकासे पानी सङलनका लागि विद्यालयले १५ हजार लिटरको ट्याङ्की राखिएको छ । बर्षातको समयमा टम्म भरेर राखेको ट्याङकी पानीको अभाव भएपछि मात्र प्रयोगमा ल्याउने गरिएको छ ।

वि.सं. २०२९ सालमा स्थापना भएको विद्यालयमा अहिले ४ सय ५० जना विद्यार्थी, १५ जना शिक्षक, एक जना बाल शिक्षिका, एक जना लेखापाल र एक जना परिचर छन् ।

पानीको स्रोत टाढा भएकाले आकासे पानी संकलन गर्ने भन्दा अर्को उपाय नभएको प्रधानाध्यापक ऋषिराम पोखरेलले बताउनुभयो । विद्यार्थीको चाप बढ्दै गएपछि खानेपानीको अभाव हटाउन स्कुललले फेरि दस हजार लिटर क्षमताको अर्को घैंटो निर्माण गर्न शुरु गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार