खुला दिसामुक्त बनाउन भारतमा यस्तो अभियान

नयाँदिल्ली : भारत सरकारले सन् २०१९ सम्ममा देशलाई खुलादिसामुक्त बनाउने लक्ष्य राखेको छ। यसका लागि सरकारले २० अर्ब अमेरिकी डलर छुट्याएको छ र तीव्र रूपमा शौचालय बनाउने काम देशभरि भइरहेको छ । 

भारतको पिछडिएको राज्य विहारमा शौचालय बनाउने अभियानलाई एसएचआरआईले नामक संस्थाले तीब्रता दिइरहेको छ । यो संस्थाले  शौच ऊर्जाको मद्दतले शौचालय बनाउने र त्यसको रेखदेख गर्ने काम गरिरहेको छ।

एसएचआरआईको टोलीले बनाइरहेका शौचालयमा उनीहरूले शौचालय सफा गर्नु सट्टा बायोडाइजेस्टरको प्रयोग गरिरहेका छन्।

बायोडाइजेस्टरको मद्दतले बिजुली उत्पादन हुन्छ र जसबाट पानीलाई फिल्टर गरी सफा बनाइन्छ। उक्त फिल्टर पानीलाई बोतलमा भरेर ५० पैसा प्रतिलिटरमा विक्री गरिनेछ। यसबाट उठेको पैसा शौचालको हेरचाहमा खर्च गरिनेछ।

एसएचआरआईले अहिले एक दिनमा ३ हजार लिटर पानी फिल्टर गर्छ। प्रवीण कुमार र उनका साथी चन्दन कुमारले क्यानाडामा जन्मेका इन्जिनियर अनुप जैनसँग मिलेर विहारको सुपौल जिलाको गाउँ नेमुआमा पहिलो सामुदायिक शौचालय बनाएका थिए। उनीहरूले पुरुष र महिलाका लागि ८–८ शौचालय बनाएका थिए।

भारतको दुर्गम इलाकामा ५० करोडभन्दा धेरै मानिस आज पनि शौचालय प्रयोग गर्दैनन्। जसले कयौं स्वास्थ्य सम्बन्धी र सामाजिक समस्या उत्पन्न गरेको छ। बच्चाहरू स्कुल जान पाउँदैनन् र महिलाहरू शौचका लागि खुला ठाउँमा जाँदा यौन उत्पीडनको शिकार हुने गरेका छन्।

सरकारी प्रयास बाहेक सामाजिक स्तरमा पनि मानिसहरू शौचालय निर्माण प्रक्रियामा लागेका छन्। ती मध्ये एक एस एच आर आईको टोलीले नयाँ प्रयोग सँगै यस अभियानलाई अगाडि बढाइरहेको छ। एस एच आर आईको टोलीले बनाउने शौचालय स्थानीयले निःशुल्क प्रयोग गर्न पाउनेछन्।

सरकारका तर्फबाट बनाइएको शौचालयमा कयौं समस्याहरू देखिएका छन्। ती शौचालयहरूमा सरसफाइ र अन्य व्यवस्थापनमा समस्या आइरहेको छ।

एसएचआरआईको टोलीले पाँच गाउँमा शौचालय बनाएका छन्। त्यसलाई हरेक दिन ८ सय जनाले प्रयोग गरिरहेका छन्।

एजेन्सीको सहयोगमा ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार