लामो समयदेखि प्रयोग बिहीन शौचालय सञ्चालनमा

  वास खबर सम्वाददाता  900 पटक हेरिएको
🔗
56
Shares

सप्तरी : लामो समय देखि प्रयोग बिहीन रहेको सप्तरीको सप्तकोशी नगरपालिकाको वार्ड नं.- ४ को बलारदह चोकमा रहेको सार्वजनिक शौचालय महुली सामुदायिक विकास केन्द्रको सहकार्यमा मर्मत गरी सञ्चालनमा ल्याएको छ । WHH को आर्थिक तथा प्राविधिक सहयोगमा महुली सामुदायिक विकास केन्द्रको सहकार्यमा सप्तकोशी नगरपालिकामा सञ्चालित खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत चर्पीको मर्मत सम्भार गरी सञ्चालनमा ल्याएको हो ।

विश्व चर्पी दिवसको अवसरमा मधेश प्रदेश सदस्य राजकुमार लेखीको प्रमुख आतिथ्यमा सप्तकोशी नगरपालिका नगर प्रमुख, नगर उपप्रमुख तथा विभिन्न वार्डका वडाध्यक्षहरु, स्थानीय उद्योगी व्यापारी विद्यालय महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थितिमा शौचालयमा सरसफाइ सामग्री दिएर विश्व चर्पी दिवस मनाईएको हो ।

संस्थाका तर्फबाट गणेश खड्काले शौचालयको आवश्यकता र महत्वको बारेमा प्रष्ट पार्नुभयो । नगरपालिकाको भुमिका र नगरपालिकाको आगामी खानेपानी सरसफाइको योजना बारेमा नगर प्रमुख कृष्ण प्रसाद ढकालले बताउनुभयो । प्रमुख अतिथि राजकुमार लेखीले हप्तामा नभए पनि महिनामा एक दिन बिहानको समय सरसफाइमा छुट्याउन आग्रह गर्दै त्यसको अगुवाइ आफूले गर्ने बताउनुभयो।

महिला पुरुष गरी ४५ जनाको सहभागिता रहेको कार्यक्रममा वार्ड नं. – ४ का वडाध्यक्ष जयराम खंगले सार्वजनिक शौचालयको रेखदेख गर्न स्थानीय सुरेश मेस्तरलाई चाबी हस्तान्तरण गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार