
काठमाडौ : नेपाल सहित अन्तरराष्ट्रिय स्तरमा गरिएको पहुपक्षीय अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिएको छ । खैरो सुन तर्फ उन्मुख (Towards Brown Gold) परियोजना अन्तर्गत नेपालको बर्दिया जिल्लाको गुलरिया नगरपालिका, भारतको एलेपी र नान्डेड (Allepy and Nanded) सहर साथै अफ्रिकी मूलूक घानाको वा (Wa, Ghana) र इथियोपियाको मेकेले ] (Mekelle, Ethiopia) मा खानेपानीको गुणस्तर, दिसाजन्य लेदो व्यवस्थापनको विद्यमान अवस्था, समुदायको प्राविधिक एवं सामाजिक पक्षहरुको विश्लेषण, फोटो भ्वाइस लगायत प्राविधिक एवं सामाजिक पक्षहरुमा गरिएको बहुपक्षीय अनुसन्धानको निष्कर्षहरु प्रस्तुत गरिएको हो ।
आयोजक संस्था आई.डि.एस. नेपाल एवं परियोजनाको अनुसंधानकर्ता प्रभा पोख्रेलले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो । IDS Sussex, UK को तर्फबाट Principal Investigator प्रोफेसर लैला मेहताले खैरो सुनतर्फ उन्मुख (Towards Brown Gold) परियोजनाको दृष्टिकोणबारे धारणा व्यक्त गर्दै नेपाल, भारत, साथै अफ्रिकी मूलूक घाना र र इथियोपियामा भएको बहुपक्षिय अनुसंधानबारे प्रस्तुतीकरण गर्नुभयो ।

International Water Management Institute (IWMI) का लैङ्गिक र सामाजिक समावेशीकरण विज्ञ दीपा जोशीको अध्यक्षतामा भएको प्राविधिक सेसनमा International Water Management Institute घानाको तर्फबाट Dr. Alfred Dongzagla ले The Sanitation value chain and implications on Circular Economy बारे गरिएको अनुसंधानको निष्कर्षहरु प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी इथिइयोपियाको तर्फबाट Associate Professor, Mekelle University Dr. Kifle Woldearegay ले Barriers and opportunities for off-grid sanitation provision in the rapidly urbanizing city of Mekelle, Ethiopia: Towards circular economy संबन्धी अनुसंधानको निष्कर्षहरु प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुतीकरणको क्रममा Aellepy, India मा दिगो सरसफाइ योजनाका लागि गरिएको अनुसंधानबारे IIT Mumbay का Prof. NC Narayanan ले प्रस्तुतीकरण गर्नुभएको थियो भने Nanded Case , India बारे SOPPACAM को तर्फबाट Seema Kulkarni ले Sanitation workers in Nanded city and Marginality बारे गरिएको अनुसंधानको निष्कर्षहरु प्रस्तुत गर्नुभयो ।
नेपालको तर्फबाट अनुसंधानकर्ताहरु प्रभा पोख्रेल, प्रोफेसर साबित्री त्रिपाठी र डा. ढुण्डिराज पाठकले बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा गरिएको Prioritizing safely managed Sanitation in Nepal: Beyond ODF and Toilets विषयमा आधारित भएर गरिएको Natural Science, Social Science लगायत Co-composting and visual research (photo voice) बारे गरिएको अनुसंधानको निष्कर्षहरु प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा उपस्थित सहभागीहरुले अनुसंधानका लागि क्षेत्र छनौटका आधार, त्यसको प्रक्रिया, उपलब्धी लगायतका विषयमा आफ्नो जिज्ञासा राख्नु भएको थियो भने सम्बन्धित देशका विज्ञहरुले त्यसबारे प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा प्रस्तुत अनुसंधानको निष्कर्षहरुले खानेपानी तथा सरसफाइको दिगो व्यवस्थापनमा देखिएको चुनौतीहरुलाई समयमै सम्बोधन गर्नका लागि नेपाल जस्तो विकासशील राष्ट्रले बेलैमा आवश्यक रणनीति एवं कार्यनिति तय गरी अघि बढ्न आवश्यक रहेको कुरा सबैमा बोध गराएको छ ।
कार्यक्रम समापन सेसनमा यूनिसेफका वास विज्ञ सिद्धि श्रेष्ठले अनुसंधान टोलाीलाई धन्यवाद ज्ञापन गर्नै नेपालले सरसफाइको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरे तापनि खुलादिसामुक्तको अवस्थाले मात्र पर्याप्त नरहेको हुँदा दिगो समाधानमा लाग्न सबैमा अनुरोध गर्नुभएको थियो ।
कार्यक्रमका विशेष अतिथि खानेपानी मंत्रालयका सहसचिव ई. तिरेश खत्रीले विभिन्न देशहरुमा गरिएको बहुपक्षिय अनुसंधानको निष्कर्षहरु र सिकाइले खानेपानी र सरसफाइ प्रवर्धनका लागि एक आधार तय गरेको हुँदा आगामी लक्ष्य प्राप्तिका लागि अनुसन्धान उपलब्धीमूलक रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि डा. दिनेशचन्द्र देवकोटाले विभिन्न देशहरुमा विद्यमान खानेपानी तथा सरसफाइ लगायत बहुपक्षिय विषयमा फिल्ड तहको अवस्था अनुसंधान मार्फत प्रस्तुत गरिनु आफैमा महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।
दिगो सरसफाइ लक्ष्य अनुरुप सन २०३० भित्र सुरक्षित खानेपानी र सरसफाइमा सबैको पहुँच चुनौतीपूर्ण रहे तापनि नेपाल सरकारले त्यो चुनौती स्वीकार गर्नु आफैमा एक उपलब्धी रहेको भन्दै सबैलाई आ आफ्नो क्षेत्रबाट समन्वय र सहकार्यको लागि सुझाव व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष एवं आई.डि.एस. नेपालका कार्यकारी निर्देशक प्रकाश कोइरालाले कार्यक्रम आयोजना गर्ने जिम्मेवारीका साथै अन्तराष्ट्रिय स्तरको अनुसंधानमा संलग्न सम्पूर्ण देशहरुको उपलब्धीहरु नेपालका सरोकारवालाहरु बीच आदानप्रदान गर्ने अवसर प्रदान गरेकोमा संस्थाको तर्फबाट प्रो. लैला लगायत IDS Sussex प्रति आभार व्यक्त गर्नुभयो ।

साथै बहुपक्षिय अनुसन्धानबाट आएको निष्कर्षहरु र अनुसन्धानका क्रममा पत्ता लागेका कमीकमजारीहरुलाई सम्वोधन गर्नका लागि सरकारले लिने कुनै पनि पहलकदमीमा सहयोगका लागि संस्था सदैव तत्पर रहने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि वाग्मती प्रदेशका प्रदेश सभा सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा, विशेष अतिथि खानेपानी मंत्रालयका सहसचिव ई. तिरेश खत्री लगायत खानेपानी तथा ढल व्यवस्थापन विभागका उच्च पदस्थ कर्मचारीहरु, अन्तर्राष्ट्रिय विज्ञहरु, विश्वविद्यालयका प्राध्यापकहरु, नेपाल इञ्जिनियरिङ कलेजका प्राध्यापकहरु, राष्ट्रिय/अन्तराष्ट्रिय संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरु, विश्वविद्यालयका विद्यार्थीहरु र संचारकर्मीहरुको सहभागिता थियो ।


609 पटक हेरिएको 

