यसकारण बनाइन्छ, शौचालयमा होचो ढोका

कतिपय शौचालयको तलपट्टी मानिसको खुट्टा नै देखिने गरी धेरै खुल्ला ठाउँ राखिएको हुन्छ । शौचालयको ढोका किन त्यसरी निर्माण गरिएको होला ? तपाईको मनमा पनि खुल्दुली हुन सक्छ । तर वास्तविकता भने यस्तो छ ।

१. यसको प्रमुख कारण भनेको कतिपय स्थानमा मानिसहरुले सार्वजानिक शौचालयमै यौन क्रियाकलाप गर्ने भएकाले यसलाई रोक्न यस्ता छोटा ढोका राख्ने गरिन्छ । यसरी सानो ढोका राख्दा मानिसहरु पूर्णरुपमा नजरबन्ध हुन पाउँदैनन् ।

२. कतिपय समयमा आकस्मिक अवस्थामा आइपर्ने भएकाले कोही मानिस शौचालय भित्र बेहोस भएमा पनि यस्ता ढोकाले धेरै मद्दत गर्छ ।

३. यसपछाडिको दोस्रो कारण सरसफाइ हो । विशेषगरी सार्वजानिक शौचालय र अफिसमा यस्तो किसिमको ढोका निर्माण गरिएको हुन्छ । त्यसकारण धेरै मानिसले यसको प्रयोग गर्नुपर्ने भएकाले चाँडै फोहोर हुन्छ । त्यसैले यस्तो किसिमको ढोका राख्दा सफा गर्न धेरै सजिलो हुन्छ ।

४. बालबालिकाका सुरक्षाका लागि पनि यस्ता छोटा ढोका बनाइने गरिन्छ । सानो भएकाले कोही बच्चालाई ढोका खोल्न समस्या परेमा यसले धेरै सुविधा दिन्छ ।

५. कतिपय मानिसहरु शौचालयभित्र मदिरा र चुरोट पिउने गर्छन् । त्यसकारण उनीहरुमा राम्रो नजर राख्न मिल्ने भएकाले पनि यस्तो किसिमको ढोका बनाइएको हो ।

एजेन्सीको सहयोगमा


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार