एउटै सभाबाट ५ वटा टोल स्वच्छ र सफा समुदाय घोषणा

  वास खबर सम्वाददाता  628 पटक हेरिएको
🔗
81
Shares


सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नंं ३ का ५ वटा टोललाई एकै साथ स्वच्छ र सफा क्षेत्र स्वघोषणा गरिएको छ । ३ नंं. वडा कार्यालयको आयोजनामा ३६ घरपरिवारको बिच्पानी बजार टोल, ५३ घरको शान्ति टोल ‘ए’, यस्तै ३८ घरको शान्ति टोल ‘बी’, ६२ घरको सृजना टोल र ५० घरपरिवारको स्कुल लाइन टोललाई सफा र स्वच्छ क्षेत्र स्वघोषणा गरिएको बराहक्षेत्र नगरपालिकाका वास फोकल पर्सन मोतीलाल चौधरीले जानकारी दिनुभयो ।


बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्द कुमारी सुनुवारको प्रमुख आतिथ्य एवं वडा नं. ३ का अध्यक्ष राजदिप लामाको अध्यक्षतामा सम्पन्न भएको सफा र स्वच्छ समुदाय घोषणा सभामा सिएसडिसीका परियोजना संयोजक हरि बुढाथोकी, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, समाजसेवीहरु, वास च्याम्पियनहरु, सामाजिक अभियन्ताहरु र स्थानीय बासिन्दाको बाक्लो उपस्थिति थियो ।


सफा र स्वच्छ समुदाय स्वघोषणा सभामा नगरपालिकाको तर्फबाट समुदायलाई १५ थान डस्टबिन उपलब्ध गराएको वास फोकल पर्सन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं. ३ ले भने समुदायका २ सय ३८ घरधुरीलाई १÷१ थान हार्पिक र ट्वाईलेट ब्रस हस्तान्तरण गरिएको थियो ।

प्लान इन्टरनेशनल नेपाल र सिएसडीसी सुनसरीको साझेदारीमा सञ्चालित ‘लैङ्गिक रुपान्तरित खानेपानी, सरसफाइ र स्वच्छता दिगो विकास लक्ष्य’ (वास एस.डी.जी) परियोजना अन्तर्गत हालसम्म बराहक्षेत्र नगरपालिका भित्र १९ वटा घोषणा समारोह बाट ३५ वटा टोलहरु सफा र स्वच्छ समुदाय स्वघोषणा भएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार