
काठमाडौ : काठमाडौमा राष्ट्रिय सहरी सरसफाइ (CWIS) सम्मेलन हुने भएको छ । नेपाल नगरपालिका संघले विश्व शौचालय दिबस २०२३ को सन्दर्भ पारी यही पुष ५ गते बिहिबार सम्मेलनको आयोजना गर्न लागेको हो ।
सहरी सरसफाइ सम्मेलनमा संघीय तथा प्रदेश सरकारको बिषयगत मन्त्रालयका मन्त्रीहरु, राष्ट्रिय योजना आयोग, स्थानीय सरकारका प्रमुख तथा उप्रमुखहरु र सरसफाइ क्षेत्रमा कार्यरत सरोकारवालाहरुको सहभागिता नेपाल नगरपालिका संघले जनाएको छ ।
नगरपालिका संघले सहरी बाताबरण अन्तर्गत खानेपानी, सरसफाइ र स्वच्छता (CWIS) का बिषयमा तीनै तहका सरकार बीच समन्वय र नीतिगत पैरवी गर्दै आइरहेको छ ।


464 पटक हेरिएको 

