गंगा जमुनाको दुई टोल सफा र स्वच्छ क्षेत्र घोषणा

  वास खबर सम्वाददाता  971 पटक हेरिएको
🔗
91
Shares


धादिङ : धादिङको गंगा जमुना गाउँपालिकाको वडा नं ३ मा पर्ने चिमचोक र आरुखेत टोललाई सफा र स्वच्छ टोल घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष भक्त वहादुर लामाको प्रमुख आतिथ्यतामा २५६ घरधुरी रहेको चिमचोक र आरुखेतलाई सफा र स्वच्छ टोल घोषणा गरिएको हो ।


सरसफाइ र स्वच्छता सम्वन्धी ५ वटा व्यवहार र १५ वटा सूचक पूरा भएपछि गाउँपालिकाले अनुगमन गरी सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको हो । उक्त टोलमा सरसफाइ र स्वच्छता सम्बन्धी शान्ति नेपालको सहजीकरण र वडा कार्यालयको नेतृत्वमा अभियान सञ्चालन गरिएको शान्ति नेपालका प्रोजेक्ट को-अर्डिनेटर इन्द्र मान शाक्यले जानकारी दिनुभयो ।

हाल सम्म ६ वटा टोलका ४ सय १० घर सफा र स्वच्छ घोषणा भएका छन् । चाँडै ४ वटा टोल र १८८ घरलाई पनि घोषणा गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ । आगामी १ महिना भित्र वडालाइ नै सफा र स्वच्छ वडा घोषणा गर्ने गरी कार्यक्रमहरु भइरहेको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार