
सिरहा : जिल्ला स्तरीय नेताले सम्बोधन गर्ने कुनै चुनावी कार्यक्रममा त्यत्ति धेरै मानिसको सहभागिता नहोला तर सिरहा नगरपालिकाको वडा नंं. ९ लाई खुलादिसामुक्त घोषणा गर्ने कार्यक्रममा त्यत्ति धेरैको सहभागिता थियो ।

दुई बर्ष अघि शहरी वातावरण व्यवस्थापन समाज युम्सले गरेको सर्वेक्षण अनुसार सिरहको वडा नंं ९ को ६५ घरमा मात्र चर्पी थियो ।
दुई बर्षको अवधिमा वडाभरिका ७२५ वटै घरमा चर्पी बनाएपछि मंगलबार वडा अध्यक्ष हरिदेव यादव अध्यक्षता र नगरप्रमुख अशेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा वडालाई खुलादिसामुक्त घोषणा गरिएको हो ।

२०७२ सालमा युम्सले समुदायमा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यक्रम शुरु गर्दा ६५ घर बाहेक सबैले बाहिरै दिसा गर्थे । खुला दिसाका कारण घाम लाग्दा गाउँ नै दुर्गन्धित हुन्थ्यो ।

अहिले सबै घरमा पक्की शौचालय बनेको युम्सकी सामाजिक परिचालक मनिसा कार्कीले बताउनुभयो ।
वडालाई खुला दिसामुक्त घोषणा गरेपछि वडाका बासिन्दा पनि खुसी भएका छन् ।
फोटो : मनिसा कार्की, सिरहा


1048 पटक हेरिएको 

