बैतडी सदरमुकाममा यसरी भयो खानेपानीको समाधान

बैतडी : विगतमा खानेपानीको चरम अभाव हुने बैतडी सदरमुकाममा यसबर्ष खानेपानीको समस्या समाधान भएको छ ।

बैतडी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत सदरमुकाममा खानेपानी सञ्चालन भएपछि खानेपानीको समस्या समाधान भएको हो । सन् २०१३ देखि निर्माण शुरु भएको बैतडी खानेपानी तथा सरसफाइ आयोजना गत भदौमा सम्पन्न भएपछि खानेपानीको समस्या समाधान भएको उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर चन्दले बताउनुभयो । ।

आयोजनाबाट सदरमुकाम र आसपासका ९ सय घरपरिवार लाभान्वित भएका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख मोहनबहादुर कुँवरले बताउनुभयो ।
करिब १४ करोड रुपैयाँको लागतमा छ किलोमिटरको दूरीमा रहेको काशीगाड मुहानबाट खानेपानी ल्याइएको उहाँले बताउनुभयो ।

बैतडी खानेपानी तथा सरसफाइ आयोजनाले दुई वटा पानी प्रशोधन केन्द्र मार्फत खानेपानी प्रशोधन गरी उपभोक्ताको घरघरमा वितरण गरिरहेको अध्यक्ष चन्दले बताउनुभयो । यो आयोजना जिल्लाकै पहिलो गुणस्तरीय तथा स्वच्छ खानेपानी वितरण गर्ने योजना भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार