काठमाडौं : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब ८ सय ९५ मिटर मात्र बाँकी रहेको छ । मेलम्ची देखि सुन्दरीजलसम्म खन्नुपर्ने २७ किलोमिटर ५ सय ८४ मिटर सुरुङ मध्ये नोभेम्बरको अन्त्यसम्ममा २६ किलोमिटर ६ सय ८९ मिटर सुरुङ खनिसकेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो ।
पानी प्रशोधनका लागि सुन्दरीजलमा बनाएको साढे ८ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको भने यसअघि नै सफल परीक्षण भइसकेको छ ।
]बेला बेलामा मेलम्चीको पानी काठमाडौ ल्याउने मिति तोक्दै आएको सरकारले पछिल्लो समय नयाँ बर्ष २०७५ सँगै मेलम्चीको पानी काठमाडौ ल्याउने बताउँदै आएको छ ।


790 पटक हेरिएको 

