
काठमाडौ : विश्वभर हरेक वर्ष मार्च २२ तारिखका दिन मनाइने विश्व पानी दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईने भएको छ।
संयुक्त राष्ट्रसंघको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको पर्यावरण र विकास सम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो ।
सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसात् गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको हो ।
`शान्ति र समृद्धिका लागि पानी´भन्ने नाराका साथ यस बर्षको बिश्व पानी दिवस सम्बन्धी विभिन्न कार्यक्रम हुना थालेक छन। काठमाडौमा काठमाडौ बिश्वबिध्यालय, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल फेडवासन र पानीको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले बिबिध कार्यक्रम आयोजना गरी दिवस मनाउने भएका छन।
पञ्च तत्व मध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन । यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्म मात्र पर्याप्त हुँदैन, बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ ।
पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ ।
पृथ्वीको दुईतिहाई भाग पानीले ढाकेको छ । तर, सबै पानी पिउन योग्य छैन । समुद्र र महासागरको पानी नुनिलो छ । जसले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ ।
२.५ प्रतिशत पानी मात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ । यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ । ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ । जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानी मात्र मानवका लागि पिउन योग्य छ ।


993 पटक हेरिएको 

