
सिन्धुली : घरघरमै धारा र भाँडा सुकाउने ठाउँ निर्माण भएपछि सुनकोशी गाउँपालिका वडा नम्बर २ मझुवा बगर तथा लाटीदेवी गाउँका बासिन्दामा यत्तिबेला खुसीको सीमा छैन। आँगनमै बनाएको धारामा सुनकोशीको पानी थाप्न, भाँडाकुँडा माझ्न र नुहाउन पाएपछि लाटीदेवी गाउँका बासिन्दालाई हाईसन्चो भएको हो।
सुनकोशी गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को साझेदारीमा सुनकोशी नदीको पानी लिफ्टिङ गरी गाउँभन्दा माथिको डाँडामा रिजर्भ्वायर निर्माण गरी खानेपानी वितरण गरिएको हो । एक घर एक धारा अभियान अन्तर्गत मझुवा बगर लाटीदेवी गाउँको २८ घरमा खानेपानीको धारा निर्माण गरी खानेपानी वितरण गरिएको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले जानकारी दिनुभयो ।
निर्माण सम्पन्न भएको खानेपानी योजनाको सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोईराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी लगायतले हालै अनुगमन गर्नुभएको छ।


322 पटक हेरिएको 

