
जाजरकोट : जाजरकोट भुकम्पले घरबार बिहिन भएका भुकम्प पीडितले शौचालय निर्माण गरे बापत खाद्यान्न र सरसफाइ सामग्री पाएका छन । जाजरकोटको नलगाड नगरपालिका र रुकुम पश्चिमको सानो भेरी नगरपालिका भित्रका २ सय १२ घरधुरीलाई शौचालय निर्माण गरे बापत छायाँ नेपालले खाद्यान्न र सरसफाइका सामग्री उपलब्ध गराएको हो ।
जाजरकोटको नलगाड र रुकुम पश्चिमको सानो भेरी नगरपालिकाको ४ सय भुकम्प पीडित घरपरिवारलाई गएको फागुन महिनामा अस्थायी शौचालय निर्माणका लागि प्रति घर परिवार सिमेन्ट, पाइप, ट्वाइलेट पेन जस्तापाता लगायतका सामग्री बितरण गरिएको थियो ।
स्थानीय तहले अनुगमन गर्दा ४ सय घरधुरी मध्ये २ सय १२ घरधुरीले शौचालय निर्माण गरेको पाईए पछि नलगाड नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र महरको रोहबरमा जिरा मसिनो १ प्याक चामल, खाने तेल २ लिटर, चिनी १ किलोका दरले खााद्यान्न तथा सरसफाइका सामग्री वितरण गरिएको छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापाले जानकारी दिनुभयो ।

युनिसेफ नेपालको आर्थिक र छायाँ नेपालको प्राबिधिक सहयोगमा सञ्चालित जलवायु अनुकुलित खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना अन्तर्गत रुकुम पश्चिमको सानो भेरी र जाजरकोटको नलगाड नगरपालिकाका ४ सय भूकम्प पीडित घरधुरी मध्ये २ सय १२ घरधुरीलाई खाद्यान्न तथा सरसफाइ सामग्री बितरण गरिएको कार्यकारी निर्देशक थापाले जानकारी दिनुभयो ।

खुला दिसामुक्त अवस्था कायम राख्नका लागि योगदान गर्न अस्थायी शौचालय निर्माण गर्न निर्माण सामग्री बितरण गरिएको उहाँले बताउनुभयो । उहाँले शौचालय निर्माण गर्ने घरपरिवारलाई खाद्यान्न सहयोग गर्दा चर्पी निर्माणका लागि प्रोत्साहित हुने र भूकम्प पीडितको जीवनयापनमा थोरै भए पनि राहत पुग्ने बताउनुभयो ।

१७ कात्तिकको मध्यराति गएको जाजरकोट १२ जिल्लाका २६ हजार ५२८ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । ३५ हजार ३९५ घरमा आंशिक क्षति पुगेको थियो भने १ सय ५७ जनाको ज्यान गएको थियो।



658 पटक हेरिएको 

