
सप्तरी : विश्व महिनावारी स्वच्छता दिवस २०२४ को अवसरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा अन्तरपालिका महिनावारी स्वच्छता व्यवस्थापन संजालका किशोरीहरु बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ। महिनावारीमैत्री विश्वव्यापी हातेमालो भन्ने नाराका साथ डाक्नेश्वरी नगरपालिका स्थित श्री कन्त चन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा त्रिकेट प्रतियोगिता आयोजना गरिएको हो।
वेल्थ हंगर हिल्फे (WHH) को आर्थिक सहयोगमा महुली समदायिक विकास केन्द्र (MCDC) को आयोजना तथा विष्णुपुर गाउँपालिका, राजगढ गाउँपालिका र डाक्नेश्वरी नगरपालिकाको सहकार्यमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो। विष्णुपुर गाउँपालिका, राजगढ गाउँपालिका र डाक्नेश्वरी नगरपालिकाको ११/११ जना किशोरीहरुको तीन समुह सहभागी गराई खेलको आयोजना गरिएको महुली समदायिक विकास केन्द्रका वाश अधिकृत सन्तोष प्रसाद चौधरी ले बताउनुभयो।

महिनावारी भएको समयमा पनि महिलाले आफ्नो कुनै काम नरोकी हरेक क्षेत्रमा जस्तै खेल जगतमा समेत उत्कृस्ट प्रदर्सन गर्न सक्छन भन्ने कुराको प्रमाण यस क्रिकेट प्रतियोगिताले आम समुदायलाई दिएको डाक्नेश्वरी नगरपालिका नगर उप प्रमुख मीरा कुमारी यादव बताउनु भयो।
महिनावारी समस्यालाई गहिरिएर अध्ययन गर्नुका साथै उचित व्यवस्थापनका लागि हरेक वर्ष मे २८ तारिखमा यो दिवस मनाउने गरिएको हो । मर्यादित महिनावारी स्वच्छता दिवसकै अवसरमा नेपालमा पनि बिभिन्न सरकारी र गैरसरकारी संस्थाहरुले जनचेतनामूलक कार्यक्रम गर्दैछन् । महिनावारी भएका महिलाका लागि आवश्यक स्वास्थ्य सुबिधा र यस सम्बन्धि गलत धारणा हटाउनु यो दिवसको मुख्य लक्ष्य हो ।


874 पटक हेरिएको 

